काठमाण्डौ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले २१ करोड ६ लाख रुपैयाँको रु.१०० अंकति दरका २१ लाख ६ हजार कित्ता अर्थात २०% प्रतिशत साधारण शेयर निष्काशन गर्ने तयारी गरेको हो ।
कम्पनीले आईपीओ निष्कासनका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाइ निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकोे छ ।
उक्त सेयर निष्काशनका लागि नेशनल फण्ड म्यानेजमेन्टको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच लक्ष्मी सन्राइज क्यापिटलमा मंसिर ०७ गते द्विपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गरिने सम्झौता भएको छ ।
नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड को कोष व्यवस्थापक भई संचालन गर्न इजाजत प्राप्त गरेको छ ।
साथै, बुक बिल्डिङ्ग विधि मार्फत निष्काशित धितोपत्र को लागि योग्य संस्थागत लगानीकर्ता को रुपमा कार्य गर्नका लागि स्वीकृति समेत प्राप्त गरेको छ ।
यस कम्पनी कोष व्यवस्थापक रहिे पूँजी संकलन कार्य सम्पन्न गरि विविधिकृत प्राइभेट इक्वीटी फण्डको रुपमा “नेशनल इक्वीटि फण्ड–१” र उर्जा क्षेत्र लक्षित प्राइभेट इक्वीटी फण्ड को रुपमा “नेशनल हाईड्रो फण्ड–२” संचालन गर्दै आएकोे छ ।
क्रेडिट रेटिङ्ग संस्थाद्वारा CARE- NP BBB( Is) [Triple B (Issuer)] रेटिङ्ग प्राप्त यस नेशनल फण्ड म्यानेजमेन्टमा सरकारी संस्थाहरुको करिव २७% लगानी रहेको, विभिन्न बैँक, वित्तिय संस्था एवम् एन.आर.एन. हरुको लगानी रही विगत ३ वर्ष देखि लाभाँश वितरण गर्दै आएको छ।

