बुधबार, कार्तिक १८,२०८३ 10:11:50
  • बुधबार, कार्तिक १८,२०८३ 10:11:50
Global IME Bank Limited

तीन दशकको बैंकिङ अनुभव भएका प्रताप सुवेदी नेप्सेको सीईओ नियुक्त

Bizshala
तीन दशकको बैंकिङ अनुभव भएका प्रताप सुवेदी नेप्सेको सीईओ नियुक्त
New Office

काठमाडौं । सरकारले बैंकिङ तथा वित्तीय क्षेत्रमा करिब तीन दशकको अनुभव भएका प्रताप सुवेदीलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार उनलाई नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन दिए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कृषि विकास बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतसमेत भइसकेका सुवेदीसँग कर्जा व्यवस्थापन, बैंक सञ्चालन, मानव संसाधन, आन्तरिक लेखापरीक्षण र संस्थागत सुशासनलगायत क्षेत्रमा काम गरेको अनुभव छ।

उनको व्यक्तिगत विवरणअनुसार २०८१ असारदेखि कृषि विकास बैंकको मानव संसाधन तथा सेवातर्फ नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए। त्यसअघि उनले प्रमुख सञ्चालन अधिकृत र प्रमुख कर्जा अधिकृतका रूपमा काम गरेका थिए। २०७९ सालमा उनले बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए।

प्रमुख कर्जा अधिकृत हुँदा उनले कर्जा नीति निर्माण तथा संशोधन, निष्क्रिय कर्जा व्यवस्थापन, वार्षिक योजना र बजेट निर्माणलगायत कामको नेतृत्व गरेका थिए। प्रमुख सञ्चालन अधिकृतका रूपमा डिजिटल बैंकिङ, निक्षेप परिचालन, ग्राहक पहिचान विवरण अद्यावधिक तथा सञ्चालन व्यवस्थापनमा काम गरेका थिए।

Garima Development Bank
Bizshala
IME remit

सुवेदीसँग पुँजीबजारसम्बन्धी संस्थागत कामको पनि अनुभव छ। कृषि विकास बैंकको कम्पनी सचिवालयमा विभिन्न जिम्मेवारी सम्हाल्दा उनले साधारणसभा सञ्चालन, सञ्चालक निर्वाचन, सर्वसाधारण तथा कर्मचारीका लागि सेयर निष्कासन र नियामक निकायसँग समन्वय गर्ने काम गरेका थिए। बैंकका तर्फबाट नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेप्सेसँग संस्थागत सम्बन्ध तथा अनुपालनसम्बन्धी काम गरेको उनको विवरणमा उल्लेख छ।

उनले नेको इन्स्योरेन्स, साना किसान विकास लघुवित्त र डिप्रोक्स लघुवित्तमा सञ्चालक तथा फन्ड म्यानेजमेन्ट कम्पनीमा सञ्चालक समिति अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका छन्।

२०५३ सालमा नेपाल राष्ट्र बैंकमा सहायक पदबाट वित्तीय क्षेत्रको सेवा सुरु गरेका सुवेदीले कर्मचारी सञ्चय कोषमा शाखा अधिकृतका रूपमा पनि काम गरेका थिए। उनी २०५७ सालमा कृषि विकास बैंकमा लेखा अधिकृतका रूपमा प्रवेश गरेका थिए।

पर्वतको कुश्मा–११ स्थायी ठेगाना भएका सुवेदीले त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट २०५२ सालमा मार्केटिङ विषयमा एमबीए गरेका छन्। उनले सोही क्याम्पसबाट प्रशासन तथा सुपरिवेक्षण विषयमा एकवर्षे बीएडसमेत पूरा गरेका छन्। बैंकिङ सेवाअघि तथा सेवाकै क्रममा उनले विभिन्न क्याम्पसमा लेखा, मार्केटिङ, बैंकिङ तथा बीमासम्बन्धी विषय अध्यापन गरेका थिए।

बैंकिङ व्यवस्थापनको लामो अनुभवसहित नेप्सेको नेतृत्वमा पुगेका सुवेदीका लागि सेयर कारोबार प्रणालीको विश्वसनीयता, प्रविधिगत सुधार र संस्थागत सुशासनलाई प्रभावकारी बनाउने काम प्रमुख प्राथमिकता हुनेछन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.