सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘राम्रा कम्पनी छनोट गर्ने समय यही हो, चाडपर्वपछि बजार उठ्न सक्छ’
काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३६३ कम्पनीको १ करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज निर्जीवन बीमा समूह र अन्य समूह बाहेकका सबै समूहमा रातो रङ पोतिएको छ । निर्जीवन बीमा समूह ०.११ प्रतिशतले घटेको छ भने अन्य...

