बिहीबार, चैत्र २१,२०८१ 04:08:17
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:08:17
IME remit
Global IME Bank Limited

नेप्सेको सीईओमा भएको हेराफेरिको खेल, यसकारण आए चापागाईं

Hyundai Nepal
नेप्सेको सीईओमा भएको हेराफेरिको खेल, यसकारण आए चापागाईं
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्रीको आफ्नै गृहजिल्ला र नगर स्थायी बसोबास भएका चूडामणि चापागाईंले नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को प्रमुख कार्यकारी अधिकृतको नियुक्तिपत्र बुझेका छन् ।  

सोमबार राति बसको मन्त्रिपरिषद बैठकले अघिल्लो निर्णय सच्याई नारद लुईंटेलको नियुक्ति सम्बन्धी निर्णय परिपक्व नहुँदै तुहाएर नेप्सेको सीईओमा प्रधानमन्त्री केपी शर्मा ओलीका जिल्लाबासी समेत रहेका चापागाईंलाई नियुक्त गरेको थियो ।  

चापागाईलाई मंगलबार नै अर्थमन्त्रालय बोलाएर नियुक्तिपत्र समेत दिइएको छ । 

Shivam Cement
Bizshala
CG Motors

यसअघि मन्त्रिपरिषद बैठकले नारद लुईंटेललाई नेप्सेको सीईओ बनाउने निर्णय गरे पनि त्यसलाई परिपक्व हुन दिइएको थिएन । लुईंटेलको अयोग्यताको विषयमा बिजशाला लगायतका मिडियाहरुले प्रश्न उठाएपछि त्यसलाई नै आधार बनाएर नियुक्तिको निर्णय गरिसकेको अवस्थामा त्यसलाई टिपोट नगरी परिपक्व हुन नदिई प्रधानमन्त्रीले आफ्ना जिल्लाबासीलाई ल्याएका हुन् । तर, लुईंटेललाई नल्याइएको विषयको अन्तर्य भने अलिक फरक छ ।  

सरकारले आफूलाई नेप्सेको सीईओ बनाएको खबर सुनेपछि लुईंटेल दुई दिनसम्म अर्थमन्त्रालयमा गएर रुँगेका थिए । तर अर्थमन्त्रालयले उनलाई माथिको आदेश भन्दै नियुक्तिपत्र दिएको थिएन ।  

यसरी अघिल्लो निर्णयलाई सच्याउँदै सरकारले चापागाईलाई नियुक्ति दिएको हो ।  

उनलाई राजश्व सचिव दिनेशकुमार घिमिरेले नियुक्तिपत्र दिएका अर्थमन्त्रालयले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कसरी उल्टियो निर्णय ?

समाचार स्रोतहरुका अनुसार यसअघि नेप्सेको सीईओ नियुक्त भएका लुईंटेललाई बिचौलियाहरुले बोकेका थिए । उनीहरुकै विशेष दवाबमा लुईंटेललाई नेप्सेको सीईओ बनाउने निर्णय भएको थियो । बिचौलियाहरुले नियुक्तिको निर्णय भएको खबरलगत्तै भव्य खुशियाली पार्टी समेत मनाउन भ्याएका थिए । तर, सो निर्णय परिपक्व नहुँदै नेप्सेको आईटी तथा कारोबार व्यवस्थापन प्रणालीमा लामो समयदेखि एकछत्र राज गर्दै आएका एक व्यवसायिक घरानाले आफ्नो सम्पूर्ण शक्ति लगायो । लुईंटेललाई नै सीईओ बनाउँदा नेप्सेको कारोबार व्यवस्थापन प्रणाली हुँदै सिंगो आईटीमा सो व्यवसायिक घरानाको पहुँच गुम्ने अवस्था बन्ने थियो । यही डरका कारण सो घरानाले रातदिन नभनी प्रधानमन्त्रीलाई नै भेटेर निर्णय परिपक्व हुन नदिन दवाब दिएको थियो । बरु आफ्ना लागि सहज व्यक्ति, प्रधानमन्त्रीकै निकटको भए पनि फरक नपर्ने भन्दै सो समूहले खर्च समेत गर्ने मनाशय देखायो । निरन्तरको दवाब र द्रव्यमोहका कारण सो व्यवसायिक घरानाले नेप्सेमा रहेको आफ्नो करोडौंको व्यवसाय जोगाउने सफलता पायो भने चापागाईंको भाग्योदय भयो  ।

सो व्यवसायिक घरानाको स्वार्थ र प्रधानमन्त्रीसँगको कुरा मिलेपछि नेप्सेको सीईओ बनेका चापागार्इं लुईंटेल भन्दा चाहि क्षमतावान र योग्य पनि हुन् । नेप्सेको सीईओका लागि आवश्यक न्यूनतम सबै योग्यता पुगेका र आईटीमै पनि विशेष दख्खल भएका व्यक्ति हुन् चापागाईं ।  

अब हेर्न बाँकी छ, चापागाईंले साच्चिकै पूँजीबजारको विकास, बिस्तार तथा लगानीकर्ताको हितमा काम गर्छन् वा व्यवसायिक घरानाको स्वार्थअनुकुल आफ्ना कदमहरु अगाडि बढाउँछन् । युवाहरु नेतृत्वमा आए भने केही न केही परिवर्तन गरेर देखाउँछन् भन्ने भाष्य निर्माण गर्नतिर लाग्छन् या युवाहरुको पनि काम छैन भन्ने निराशाको कथा सिर्जना गर्ने एक पात्रमा मात्र सीमित हुन्छन्, त्यो उनको आगामी कार्यशैली र लिने नीतिले देखाउनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.