शुक्रबार, जेष्ठ १,२०८३ 10:40:38
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 10:40:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेको सीईओमा भएको हेराफेरिको खेल, यसकारण आए चापागाईं

Laxmi Sunrise Bank Limited
नेप्सेको सीईओमा भएको हेराफेरिको खेल, यसकारण आए चापागाईं
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्रीको आफ्नै गृहजिल्ला र नगर स्थायी बसोबास भएका चूडामणि चापागाईंले नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को प्रमुख कार्यकारी अधिकृतको नियुक्तिपत्र बुझेका छन् ।  

सोमबार राति बसको मन्त्रिपरिषद बैठकले अघिल्लो निर्णय सच्याई नारद लुईंटेलको नियुक्ति सम्बन्धी निर्णय परिपक्व नहुँदै तुहाएर नेप्सेको सीईओमा प्रधानमन्त्री केपी शर्मा ओलीका जिल्लाबासी समेत रहेका चापागाईंलाई नियुक्त गरेको थियो ।  

चापागाईलाई मंगलबार नै अर्थमन्त्रालय बोलाएर नियुक्तिपत्र समेत दिइएको छ । 

Bizshala
New Office
CG Motors

यसअघि मन्त्रिपरिषद बैठकले नारद लुईंटेललाई नेप्सेको सीईओ बनाउने निर्णय गरे पनि त्यसलाई परिपक्व हुन दिइएको थिएन । लुईंटेलको अयोग्यताको विषयमा बिजशाला लगायतका मिडियाहरुले प्रश्न उठाएपछि त्यसलाई नै आधार बनाएर नियुक्तिको निर्णय गरिसकेको अवस्थामा त्यसलाई टिपोट नगरी परिपक्व हुन नदिई प्रधानमन्त्रीले आफ्ना जिल्लाबासीलाई ल्याएका हुन् । तर, लुईंटेललाई नल्याइएको विषयको अन्तर्य भने अलिक फरक छ ।  

सरकारले आफूलाई नेप्सेको सीईओ बनाएको खबर सुनेपछि लुईंटेल दुई दिनसम्म अर्थमन्त्रालयमा गएर रुँगेका थिए । तर अर्थमन्त्रालयले उनलाई माथिको आदेश भन्दै नियुक्तिपत्र दिएको थिएन ।  

यसरी अघिल्लो निर्णयलाई सच्याउँदै सरकारले चापागाईलाई नियुक्ति दिएको हो ।  

उनलाई राजश्व सचिव दिनेशकुमार घिमिरेले नियुक्तिपत्र दिएका अर्थमन्त्रालयले जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

कसरी उल्टियो निर्णय ?

समाचार स्रोतहरुका अनुसार यसअघि नेप्सेको सीईओ नियुक्त भएका लुईंटेललाई बिचौलियाहरुले बोकेका थिए । उनीहरुकै विशेष दवाबमा लुईंटेललाई नेप्सेको सीईओ बनाउने निर्णय भएको थियो । बिचौलियाहरुले नियुक्तिको निर्णय भएको खबरलगत्तै भव्य खुशियाली पार्टी समेत मनाउन भ्याएका थिए । तर, सो निर्णय परिपक्व नहुँदै नेप्सेको आईटी तथा कारोबार व्यवस्थापन प्रणालीमा लामो समयदेखि एकछत्र राज गर्दै आएका एक व्यवसायिक घरानाले आफ्नो सम्पूर्ण शक्ति लगायो । लुईंटेललाई नै सीईओ बनाउँदा नेप्सेको कारोबार व्यवस्थापन प्रणाली हुँदै सिंगो आईटीमा सो व्यवसायिक घरानाको पहुँच गुम्ने अवस्था बन्ने थियो । यही डरका कारण सो घरानाले रातदिन नभनी प्रधानमन्त्रीलाई नै भेटेर निर्णय परिपक्व हुन नदिन दवाब दिएको थियो । बरु आफ्ना लागि सहज व्यक्ति, प्रधानमन्त्रीकै निकटको भए पनि फरक नपर्ने भन्दै सो समूहले खर्च समेत गर्ने मनाशय देखायो । निरन्तरको दवाब र द्रव्यमोहका कारण सो व्यवसायिक घरानाले नेप्सेमा रहेको आफ्नो करोडौंको व्यवसाय जोगाउने सफलता पायो भने चापागाईंको भाग्योदय भयो  ।

सो व्यवसायिक घरानाको स्वार्थ र प्रधानमन्त्रीसँगको कुरा मिलेपछि नेप्सेको सीईओ बनेका चापागार्इं लुईंटेल भन्दा चाहि क्षमतावान र योग्य पनि हुन् । नेप्सेको सीईओका लागि आवश्यक न्यूनतम सबै योग्यता पुगेका र आईटीमै पनि विशेष दख्खल भएका व्यक्ति हुन् चापागाईं ।  

अब हेर्न बाँकी छ, चापागाईंले साच्चिकै पूँजीबजारको विकास, बिस्तार तथा लगानीकर्ताको हितमा काम गर्छन् वा व्यवसायिक घरानाको स्वार्थअनुकुल आफ्ना कदमहरु अगाडि बढाउँछन् । युवाहरु नेतृत्वमा आए भने केही न केही परिवर्तन गरेर देखाउँछन् भन्ने भाष्य निर्माण गर्नतिर लाग्छन् या युवाहरुको पनि काम छैन भन्ने निराशाको कथा सिर्जना गर्ने एक पात्रमा मात्र सीमित हुन्छन्, त्यो उनको आगामी कार्यशैली र लिने नीतिले देखाउनेछ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.