काठमाण्डौ । तिहार पर्वको लामो बिदाको असर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सेक्यूर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) को मोबाइल एपमा देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जको आधिकारिक वेभ साइट ‘डब्लु डब्लु डट् नेपाल स्टक डट् कममा’ लग इन समस्या देखिएको हो । यसैगरि, नयाँ टीएमएस ल्याएको सेक्यूर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) को मोबाइल एपमा पनि समस्या देखिएको एक लगानीकर्ताले बताएका छन् ।
यस विषयमा बुझ्न खोज्दा यी दुवै ठाँउमा फोन सम्पर्क हुन सकेन । तर टीएमएस र सीडीएसीको वेभसाइडमा भने कुनै समस्या देखिएको छैन । एक जना प्राविधिकले लामो समय बिदा हुँदा सर्भर डाउनको समस्याका कारण यस्तो हुन सक्ने बताए । ती प्राविधिकले नेप्सेले बेलैमा नहेरे मंगलबारको कारोबार प्रभावित पनि हुन सक्ने बताए । तर यो समस्याको समाधान आजै पनि हुन सक्छ ।