मंगलवार, आश्विन २८,२०८२ 03:24:06
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 03:24:06
IME remit
Global IME Bank Limited

नेप्सेको उछाल जारी, २९ महिनापछि पुनः२५ सय विन्दु पार

Hyundai Nepal
नेप्सेको उछाल जारी, २९ महिनापछि पुनः२५ सय विन्दु पार
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को उकालो यात्रा आज पनि जारी रहेको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचकमा आज भने उछाल आएको छ ।  

यो समाचार तयार पार्दासम्म आज नेप्से परिसूचक १.९३ प्रतिशत अर्थात ४८.२३ अंकले बढेर २ हजार ५३६.३३ विन्दुको उचाईमा पुगेको छ । यससँगै नेप्से २९ महिनापछि पुनः२९ सयको विन्दुमा पुग्न सफल भएको छ । यसअघि २०७८ चैत २० गते नेप्सेले २५ सयको विन्दु चुमेको थियो ।  

आज नेप्सेमा कारोबार भएका २१२ कम्पनीको सेयरमूल्य बढेको छ भने २७ वटाको घटेको छ । ३ वटा कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  

Shivam Cement
Bizshala
CG Motors

आज हाथवे ,नेपाल वेयररिङ हाउस,साहस उर्जा र हिमालयन उर्जाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । गणपति लघुवित्त भने ५.६० प्रतिशतको गिरावटका साथ टप लुजरको रुपमा रहेको छ ।  

सबै समूहमा हरियाली आएको आज व्यापार समूहमा लगानीकर्ताको आकर्षण सबैभन्दा धेरै देखिएको छ । व्यापार समूह आज ३.६६ प्रतिशतले बढेको छ ।  

विगत लामो समयदेखि साइडवेजमा चालेको नेपालको सेयर बजारले सरकार परिवर्तनसँगै गति लिन थालेको छ । लामो समयसम्म बजार घटेको र सबै माहोल समेत सकारात्मक बन्दै गएकाले बजारले गति लिईरहेको जानकार बताउँछन् । छिमेकी देशहरुका सेयर बजारले दैनिक नयाँ रेकर्ड राख्दै गर्दा नप्सेले पनि चाडै नै अल टाइम हाईको विन्दु चुम्नेमा लगानीकर्ता विश्वस्त देखिएका छन् । लगानीकर्ताको पोजेटिभ सेन्टिमेन्टले समेत आजभोली बजारलाई उकास्न सहयोग गरिरहेको छ ।    

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.