बुधबार, चैत्र २०,२०८१ 12:41:30
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:41:30
IME remit
Global IME Bank Limited

नेप्सेको प्राङ्गणमा तयार भयो बुल, लगानीकर्ता किन भए असन्तुष्ट ?

नेप्से भन्छ-'न्यूयोर्क स्टक एक्सचेञ्जपछिकै ठूलो’

Hyundai Nepal
नेप्सेको प्राङ्गणमा तयार भयो बुल, लगानीकर्ता किन भए असन्तुष्ट ?
Nabil Bank Limited

काठमाण्डौ । नेप्सेको प्राङ्गणमा बुलको प्रतिमा तयार भएको छ । निर्माण सुरु भएको लामो समयपछि अन्ततः बुलको प्रतिमा तयार भएको हो ।  

तर सबै संरचना तयार नभएको भन्दै तत्काल उद्घाटन भने नहुने भएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले दिएको जानकारी अनुसार नेप्से वरपिरि अन्य संरचना तयार हुँदै गरेको कारण तत्काल उद्घाटन हुनेछैन । सम्भवतः तिहारपछि नै उद्घाटन हुनसक्ने  पराजुलीले जानकारी दिए ।

Shivam Cement
Bizshala
CG Motors

लगानीकर्ताहरुले लामो समयको मागपछि तयार भएको बुल भने साँढे नभएर बाच्छो भएको प्रतिक्रिया दिएका छन् । लगानीकर्ता केशब कोइरालाले आफ्नो फेसबुक पेजमा नेप्सेमा हाल तयार भएको साँढे लगानीकर्ताले अपेक्षा गरेको भन्दा सानो भएको प्रतिक्रिया दिएका छन् । कोइरालाले साँढे बनाउन ठ्याक्कै कति रकम लाग्यो ? हाकिम साहेबहरु मोटाएका कारण साँढे दुब्लाएको त होइन ? हिसाबकिताब पारदर्शी गराउनुपर्यो ।’-भन्दै प्रश्न गरेका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसै विषयमा प्रतिक्रिया दिदैं नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नेप्सेको साँढे न्यूर्योक स्टक एक्सचेञ्जपछिकै ठूलो बनेको दाबी गरे । ‘अहिले केही व्यक्तिले फोटो मात्रै हेरेर यसबारे प्रतिक्रिया दिएका छन् । यो साँढे भनेको १० बाई १२ फुटको निर्माण भएको छ । यो विश्वकै दोस्रो ठूलो साँढे हो,’ उनले भने ।  

हाल नेप्सेमा तयार भएको बुल कालिगढ बिष्णु बरालले बनाएका हुन् । बरालले पनि आफूले संसारका बुलहरु हेरेको र यो बुल औषतभन्दा ठूलो नै बनेको दाबी गरे । उनले 'बुल सानो भयो' भन्नेहरुलाई एकपटक नेप्सेमा नै गएर बुल हेरेर प्रतिक्रिया दिन अनुरोध गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.