सोमबार, बैशाख ७,२०८३ 03:13:48
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 03:13:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्थिर सरकार आयो, बजार ढल्यो: लगानीकर्ताको भरोसा किन टुट्यो ?

Bizshala
स्थिर सरकार आयो, बजार ढल्यो: लगानीकर्ताको भरोसा किन टुट्यो ?
Shivam Cement

काठमाण्डौ । देशले स्थिर सरकार पाएको केही दिनमै नेपाली पूँजीबजारमा अप्रत्याशित गिरावट देखिएको छ। चैत १३ गते गठन भएको नयाँ सरकारसँगै लगानीकर्तामा आशा पलाएको भए पनि त्यो आशा दुई दिनमै निराशामा परिणत भएको छ।

सरकार गठनपछि पहिलो कारोबार दिन चैत १५ गते नै सेयरबजार ७१.०५ अंकले घट्यो। त्यसको भोलिपल्ट सोमबार पनि बजार ४७.७१ अंकले ओरालो लाग्दै जम्मा दुई दिनमै १०० अंकभन्दा बढी गिरावट आएको छ। यसले ‘स्थिर सरकार = सकारात्मक बजार’ भन्ने सामान्य धारणा नै चुनौतीमा परेको देखिन्छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

२०८२ को प्रतिनिधिसभा निर्वाचनपछि स्थिर सरकारको अपेक्षा राखेका लगानीकर्ताहरू अहिले उल्टै बजारको अस्थिरताले झस्किएका छन्। नयाँ सरकारको आगमनलाई बजारले स्वागत नगरेको संकेत स्पष्ट देखिएको छ।

विश्लेषकहरूका अनुसार, बजारमा आएको यो गिरावट केवल आर्थिक कारणले मात्र होइन, राजनीतिक र मनोवैज्ञानिक प्रभावको मिश्रण हो। अर्थशास्त्री सूर्यनारायण पौडेलका अनुसार बजार सधैं लगानीकर्ताभन्दा एक कदम अगाडि हुन्छ। स्थिर सरकार बनेपछि बजार बढ्ने अनुमानमा धेरै ‘रिटेल’ र ‘ट्रेडर’ लगानीकर्ता हौसिए, तर संस्थागत लगानीकर्ताले त्यो अवसरलाई प्रयोग गर्दै नाफा बुक गर्न थालेपछि बजार दबाबमा परेको हो।

उनले थपे-'नयाँ कम्पनीहरूमा अत्यधिक ट्रेडिङ हुँदा नेप्से सूचक कृत्रिम रूपमा माथि पुगेको थियो। कम बुक भ्यालु भएका कम्पनीहरूमा मूल्य अस्वाभाविक रूपमा बढाइएपछि अहिले त्यसको ‘करेक्शन’ भइरहेको संकेत देखिन्छ।'

यता, देशभित्रको राजनीतिक गतिविधिले पनि लगानीकर्ताको मनोबल कमजोर बनाएको छ। नयाँ सरकार आएपछि भएका केही गिरफ्तारी, सम्भावित आन्तरिक द्वन्द्वको संकेत, र सरकारका कडा कदमले बजारमा अन्योलता बढाएको विश्लेषण गरिएको छ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार, सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि आयोग गठन गर्ने तयारीले पनि केही लगानीकर्तामा डर पैदा गरेको हुन सक्छ। यद्यपि उनले स्पष्ट पारे- सेयरबजारमा ‘कालो धन’ प्रयोग हुने आधार छैन, तर नीतिगत सन्देशले मनोवैज्ञानिक असर पार्न सक्छ।

CG Motors
Garima Development Bank
IME remit

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे पनि यही धारणा राख्छन्। उनका अनुसार, राजनीतिक गिरफ्तारी र आन्दोलनका संकेतले बजारमा ‘आन्तरिक द्वन्द्व बढ्ने हो कि’ भन्ने डर फैलिएको छ, जसले लगानीकर्तालाई सतर्क बनाएको छ।

त्यससँगै, राष्ट्रिय स्वतन्त्र पार्टीको १०० बुँदे कार्ययोजनामा सेयरबजार सम्बन्धी स्पष्ट नीति नदेखिँदा पनि लगानीकर्तामा निराशा थपिएको देखिन्छ।

अन्ततः, स्थिर सरकारको आशामा बसेका लगानीकर्ताहरू अहिले नीतिगत अस्पष्टता, राजनीतिक तनाव र अन्तर्राष्ट्रिय द्वन्द्वको प्रभावबीच अल्झिएका छन्। बजारले स्पष्ट सन्देश दिएको छ- केवल सरकार स्थिर हुनु पर्याप्त छैन, विश्वास पनि स्थिर हुनुपर्छ।

(समाचारमा प्रयोग गरिएको फोटो एआई जेनेरेटेड हो)

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.