काठमाण्डौ । नेप्से सञ्चालक समितिले यही मंगलबार हालेको रिटमा सर्वोच्च अदालतले कारण-देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
निवेदकको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता नारायण खनालले बहस गरेका थिए ।
‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद, प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र प्रत्यार्थी नं. १ र २ ले महान्यायाधिवक्ताको कार्यालयमार्फत र प्रत्यार्थी नं. ३ ले आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नुहोला भनी यो आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरुका नाममा म्याद सूचना जारी गरी रीतपूर्वक तामेल गराई लिखित जवाफ परे वा अवधि व्यतित भएपछि पेश गर्नुहोला,’ आदेशमा भनिएको छ ।
साथै, निवेदकले अन्तरिम आदेश माग गरेको विषयमा दुवै पक्षको बहस जिकिर सुनी निर्णय गर्नुपर्ने प्रकृतिको देखिएको हुँदा कात्तिक २३ गते दिनको १० बजे अन्तरिम आदेशको छलफलका लागि उपस्थित हुनु भनी विपक्षीहरुको नाममा सूचना जारी गरी सोको जानकारी निवेदकलाई दिन समेत भनिएको छ ।