आईतवार, फाल्गुन ३,२०८२ 10:11:10
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:11:10
Bizshala
Global IME Bank Limited

भीषण पहिरो नरोकिएपछि नेप्सेको आजको कारोबार बन्द, अत्तालिए लगानीकर्ताः किन्ने छैनन्, बेच्नेको लर्को

भीषण पहिरो नरोकिएपछि नेप्सेको आजको कारोबार बन्द, अत्तालिए लगानीकर्ताः किन्ने छैनन्, बेच्नेको लर्को
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनका कारण बन्द भई सेयर कारोबार खुलेको पहिलो दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) केही मिनेटमै बन्द भएको छ ।  

जेनजी आन्दोलनका कारण लगानीकर्ताको गिरेको मनोबलको प्रतिबिम्ब बजारमा पनि देखिएको हो । जसका कारण कारोबार खुलेदेखि नै बजारमा भीषण पहिरो गएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बिहबिार कारोबार सुरु भएको २ मिनेटमै नेप्से ४ प्रतिशतले घटेपछि पहिलो नेगेटिभ सर्किट लगाइएको थियो । २० मिनेट रोकेर पुनः कारोबार सुरु गरिए पनि १ मिनेटमै ५ प्रतिशतले नेप्से भटेपछि दोश्रो नेगेटिभ सर्किट लगाई कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो ।  

त्यसपछि पुनः खुलेको बजारको भीषण पहिरो रोकिएन । फलस्वरुप केही मिनेटमै नेप्से ६ प्रतिशतले घटेपछि नियमअनुसार बजारको सम्पूर्ण कारोबार आजका लागि रोकिएको हो ।  

खासगरी जेनजी आन्दोनलनका कारण देशभर विध्वंश मच्चिँदा र ठूलादेखि साना लगानीकर्ताहरुको सम्पत्ति, व्यवसायमा आक्रमण हुँदा सेयर बजारका लगानीकर्तामा पनि त्यसको नकारात्मक प्रभाव देखिएको हो ।  

नेप्सेमा सूचिकृत केही होटल तथा अन्य समूहका कम्पनीमा आन्दोलनकारीले ठूलो क्षति पुर्याएका छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

देशभरको सार्वजनिक तथा निजी सम्पत्ति, सवारी साधन लगायतमा भएको क्षतिका लागि निर्जीवन बीमा कम्पनीहरुमा ३० अर्बभन्दा बढीको बीमा दाबी परिसकेको तथ्यहरु बाहिरिएका छन् । यसले बजारमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुको सेयरमा खरीद गर्न चाहने कोही छैनन्, सबै बिक्रीका लागि लाइन लागेर बसेका देखिएको छ ।  

देशमा मच्चिएको विध्वंशका कारण आर्थिक वृद्धिमै धक्का पुग्ने र जीडीपीको ग्रोथमै समेत समस्या हुने विश्लेषणहरु बाहिर आइरहँदा समग्र बजारलाई त्यसको लप्काले खाएको विश्लेषकहरु बताउँछन् ।  

उनीहरुका अनुसार देशको विषम राजनीतिक तथा आर्थिक परिस्थितिका कारण हच्किएका सेयर लगानीकर्ताको मनोबल नउकासेसम्म नेप्सेमा नेगेटिभ सर्किटको श्रृंखला अझै बढ्नसक्ने जोखिम छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.