बुधबार, चैत्र २०,२०८१ 12:58:07
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:58:07
IME remit
Global IME Bank Limited

घाटाबाट तङ्ग्रिदै फाइनान्स कम्पनी, मुनाफा र इपीएसमा देखियो सुधार(मुख्य सूचकहरुको तुलनात्मक विश्लेषण)

Hyundai Nepal
घाटाबाट तङ्ग्रिदै फाइनान्स कम्पनी, मुनाफा र इपीएसमा देखियो सुधार(मुख्य सूचकहरुको तुलनात्मक विश्लेषण)
Nabil Bank Limited

काठमाण्डौ । फाइनान्स कम्पनीहरुले १८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ फाइनान्स कम्पनीहरुले १८ करोड १६ लाख रुपैयाँ मुनाफा कमाएका हुन् ।

आर्थिक वर्षको तुलनामा फाइनान्स कम्पनीहरुले नाफामा सुधार गर्न सफल भएका छन् । गत आ.व.को पहिलो त्रैमासमा समग्रमा फाइनान्स कम्पनीहरु ५ करोड ६१ लाख रुपैयाँ घाटामा थिए । गत वर्ष ८ वटा कम्पनी घाटामा रहेकोमा यस वर्ष भने ६ वटा कम्पनीले मात्रै घाटा व्यहोरेका छन् ।  

गत वर्ष घाटामा रहेका कम्पनीहरु प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स र रिलायन्स फाइनान्स चालु आवमा नाफामा उक्लिएसँगै समग्र वित्त कम्पनीहरुको मुनाफामा सुधार देखिएको हो ।  

नाफामा सुधार देखिएसँगै अधिकांश वित्त कम्पनीहरुको प्रतिसेयर आम्दानी (इपीएस)सूचक समेत सुधारिएको छ । ५ वटा कम्पनीको इपीएस गत वर्षको तुलनामा उल्लेख्य बढेको छ भने गत वर्ष इपीएस ऋणात्मक अवस्थामा रहेका तीन संस्थाको इपीएस चालु आवमा भने धनात्मक हुन पुगेको छ । 

Shivam Cement
Bizshala
CG Motors

मुनाफा कुनको कति ?  

चालु आवको पहिलो त्रैमासमा १५ फाइनान्स कम्पनीले १८ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । समिक्षा अवधिसम्ममा ९ वटा फाइनान्स कम्पनी नाफामा उक्लिएका छन् भने ६ वटा कम्पनी घाटामा देखिएका छन् ।  

पहिलो त्रैमाससम्म सबैभन्दा धेरै नाफा कमाउनेमा मञ्जुश्री फाइनान्स रहेको छ । कम्पनीले ९ करोड ३८ लाख रुपैयाँ नाफा कमाएर सबैभन्दा धेरै नाफा कमाउने वित्त संस्था बनेको छ । संस्थाको नाफा गत आवको तुलनामा १३.४३ प्रतिशत बढेको छ । गत वर्ष कम्पनीले ८ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

त्यस्तै, दोस्रोमा प्रोग्रेसिभ फाइनान्सले ८ करोड ९ लाख रुपैयाँ, जानकीले ६ करोड ९० लाख, आइसीएफसीले ६ करोड ८८ लाख, गुडविलले ४ करोड ९५ लाख, सेन्ट्रलले ४ करोड ९५ लाख, गोर्खाजले २ करोड ४२ लाख, मल्टीपर्पसले १ करोड ४७ लाख र श्री इन्भेष्टमेन्ट फाइनान्सले जम्मा ४१ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

सबैभन्दा धेरै घाटा व्यहोर्नेमा गुहेश्वरी मर्चेन्ट बैंक रहेको छ । कम्पनीले सो अवधिसम्म ११ करोड ३३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

गत आवको तुलनामा सबैभन्दा धेरै नाफा बढाउनेमा भने जानकी अग्रस्थानमा रहेको छ । गत वर्ष ४ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो संस्थाले यस वर्ष १५७३८.३० प्रतिशतले नाफा बढाएर ६ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ईपीएस कुनको कति ?  

पहिलो त्रैमाससम्ममा सबैभन्दा धेरै इपीएस जानकी फाइनान्सको छ । फाइनान्सले ३९.४० रुपैयाँले इपीएस बढाएर समिक्षा अवधिसम्ममा ४० रुपैयाँ पुर्याएको छ । गत आवको पहिलो त्रैमाससम्ममा जानकीको इपीएस जम्मा ०.६० रुपैयाँ थियो ।  

त्यस्तै, प्रोग्रेसिभको ३८.१७ रुपैयाँ रहेको छ । गत वर्ष सो कम्पनीको इपीएस २८.८६ रुपैयाँ ऋणात्मक अवस्थामा थियो । यता मञ्जुश्रीले पनि ३.३९ रुपैयाँले इपीएस बढाएर २७.८९ रुपैयाँ पुर्याएको छ ।  

यसका साथै आइसीएफसीको इपीएस २३.२५ रुपैयाँ, गुडविलको २०.९३ रुपैयाँ, सेन्ट्रलको २०.८७ रुपैयाँ, गोर्खाजको ११.१९ रुपैयाँ, मल्टीपर्पसको ९.६९ रुपैयाँ र श्री इन्भेष्टमेन्ट फाइनान्सको १.६९ रुपैयाँ छ ।  

समिक्षा अवधिसम्म ६ वटा फाइनान्सको इपीएस भने ऋणात्मक छ । सबैभन्दा धेरै रिलायन्स फाइनान्सको २०.५३ रुपैयाँ ऋणात्मक छ । त्यस्तै, पोखराको १८.११ रुपैयाँ, समृद्धि फाइनान्सको ८.८९ रुपैयाँ गुहेश्वरी मर्चेन्टको ८.७५ रुपैयाँ, बेष्टको ३.८८ रुपैयाँ र नेपाल फाइनान्सको ३.२९ रुपैयाँ ऋणात्मक अवस्थामा छ ।  

एनपीएल कुनको बढ्यो/घट्यो ?  

पहिलो त्रैमाससम्म आइपुग्दा तीनवटा फाइनान्स कम्पनीले गत आवको तुलनामा खराब कर्जा अनुपात (एनपीएल) घटाएका छन् भने बाँकी सबैको एनपीएल बढेको छ ।

१५ वित्त कम्पनीमध्ये ८ वटाको एनपीएल ५ प्रतिशत भन्दा माथि छ भने ७ वटाको त्यो भन्दा कम छ । बैंक तथा वित्तीय संस्थाहरुको एनपीएलको अवस्था ५ प्रतिशतभन्दा बढी हुनु राम्रो मानिदैन । ५ प्रतिशतभन्दा माथि एनपीएल हुनुले संस्थामा खराब कर्जाको अनुपात बढ्दै गएको बुझ्न सकिन्छ ।  

पहिलो त्रैमासमा सबैभन्दा कम एनपीएल मञ्जुश्री फाइनान्सकै रहेको छ । कम्पनीको एनपीएल ३.१२ प्रतिशत कायम रहेको छ । तर गत आवको तुलनामा संस्थाको एनपीएल ०.२७ विन्दुले बृद्धि भएको छ ।  

त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.१९ प्रतिशत, गोर्खाज फाइनान्सको ३.२१ प्रतिशत, आइसीएफसीको ३.६६ प्रतिशत, बेष्टको ३.९८ प्रतितश, गुडविलको ४.९१ प्रतिशत, मल्टीपर्पसको ४.९७ प्रतिशत , प्रोग्रेसिभको ७.४७ प्रतिशत, रिलायन्सको ८.५८ प्रतिशत, सेन्ट्रलको ८.७१ प्रतिशत, नेपालको १०.३६ प्रतिशत, गुहेश्वरीको मर्चेन्टको १३.५६ प्रतिशत, पोखराको १४.४४ प्रतिशत, समृद्धि फाइनान्सको २३.४७ प्रतिशत र सबैभन्दा धेरै जानकी फाइनान्सको ३४.६४ प्रतिशत रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.