काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल सरकारको ४ वटा विकास ऋणपत्र सूचिकृत भएको छ। फागुन १४ गतेको निर्णयअनुसार नेप्सेमा २०८८‘च’,२०८५‘ट’,२०८८‘छ र २०८५‘ठ’ नामक विकास ऋणपत्र सूचीकृत भएको हो ।
नेप्सेमा ७०० करोड रुपैयाँबराबरको २०८८‘च’,२०८५‘ट’ र २०८८‘छ’ र १ हजार करोड रुपैयाँको २०८५‘ठ’ विकास ऋणपत्र सूचीकृत भएको हो ।
यी चारवटै विकास ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ८ बमोजिम सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।