सोमबार, आश्विन २६,२०८३ 12:20:26
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 12:20:26
Bizshala
Global IME Bank Limited

कोशी प्रदेशमा ‘पिचफेस्ट’ हुँदै, कोठाबाट सुरु भएको योजना अब मञ्चमा पुर्याउन सकिने

Bizshala
कोशी प्रदेशमा ‘पिचफेस्ट’ हुँदै, कोठाबाट सुरु भएको योजना अब मञ्चमा पुर्याउन सकिने
New Office

काठमाण्डौ । कोशी प्रदेशमा रहेका नव–उद्यमी र व्यावसायिक सोच बोकेका युवाका लागि ‘पिचफेस्ट १.०’ नामक स्टार्टअप तथा प्रोटोटाइप पिचिङ प्रतियोगिता हुने भएको छ ।

नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशले आयोजना गर्न लागेको यो प्रतियोगिताले प्रदेशभित्र उद्यमशीलतालाई थप सहज र प्रेरणादायी बनाउने उद्देश्य लिएको छ ।

मञ्चका प्रदेश अध्यक्ष सुशान प्रधानका अनुसार, पिचफेस्ट विशेषगरी आफ्नै व्यवसायलाई नयाँ उचाइमा पुर्याउने चाहने तथा व्यावहारिक प्रोटोटाइपसहितको स्टार्टअपमा लागेका व्यक्तिहरूका लागि महत्त्वपूर्ण अवसर हुनेछ । उनले भने, ‘यो कार्यक्रम केवल प्रतिस्पर्धा मात्र होइन, उद्यमशीलतालाई बलियो बनाउन सक्ने साझा मञ्च पनि हो ।’

कसले भाग लिन सक्छ ?

पिचफेस्टमा कोशी प्रदेशमै व्यवसाय गरिरहेका जो कोही पनि सहभागी हुन सक्नेछन् । चाहे कृषि क्षेत्रमा काम गर्ने, घरमै अचार, पोते, केक वा चकलेट उत्पादन गर्ने, वा प्रविधि प्रयोग गरेर स्मार्ट समाधान बनाउने उद्यमी किन नहोस् सबैलाई खुला अवसर दिइएको छ । तर, सहभागी हुने प्रमुख सर्त भनेको कामको ‘वर्किङ प्रोटोटाइप’ हुनु आवश्यक छ । केवल आइडिया मात्र प्रस्तुत गरेर दर्ता गर्न पाइने छैन ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

फाइदा के छ ?

सहभागी उद्यमीहरूले २ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने अवसर त पाउनेछन् नै, साथै हजारौँ मानिसमाझ आफ्नो व्यवसायलाई चिनाउने अवसर पनि पाउनेछन् । छानिएका उद्यमीहरूलाई मञ्चले स्थापना गर्न लागेको इन्क्युबेशन सेन्टरमा विशेष मार्गदर्शन, कानुनी तथा वित्तीय परामर्श, तालिम, र उद्योगपतिहरूसँग प्रत्यक्ष नेटवर्किङ गर्ने सुविधा उपलब्ध हुनेछ ।

यसरी, पिचफेस्ट उद्यमीलाई व्यवसाय सुरु गर्ने मात्र होइन, सफलतापूर्वक अघि बढाउने जग बसाल्ने प्लेटफर्म बन्नेछ । पिचफेस्टमा भाग लिन कुनै शुल्क लाग्दैन । इच्छुकले वेबसाइटमार्फत आफ्नो तथा व्यवसायसम्बन्धी आधारभूत विवरण भरी सजिलै दर्ता गर्न सक्नेछन् । दर्ता भाद्र १० गतेसम्म खुला रहने प्रधानले बताए ।

फाइनलमा पुग्ने उत्कृष्ट तीन व्यवसायलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानका लागि नगद पुरस्कार प्रदान गरिनेछ । जसका लागि पहिलो हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले ३० हजार रुपैयाँ पाउने छन् ।

प्रधानका अनुसार पिचफेस्टलाई अडिसन र फाइनल गरी दुई चरणमा सञ्चालन गरिनेछ । अडिसन राउन्ड (भाद्र १४) दर्ता भएका २० व्यवसायमध्ये छनोट गरिएका उद्यमीहरूले आफ्नो व्यवसायको प्रस्तुति दिनेछन् । अङ्कका आधारमा उत्कृष्ट ८ व्यवसायलाई फाइनलका लागि छनोट गरिनेछ ।

फाइनल राउन्डः फाइनलमा पुगेकाहरूलाई एक दिने विशेष तालिम प्रदान गरिनेछ, जसमा स्टेज प्रस्तुति कौशलदेखि पिच डेक तयार गर्नेसम्मका विषय समावेश हुनेछन् । फाइनलमा उद्यमीहरूले विज्ञ निर्णायकहरू सामु आफ्नो व्यवसायको कथा र सम्भावना प्रस्तुत गर्नेछन् । यी प्रस्तुति भिडियोमार्फत डिजिटल प्लेटफर्ममा समेत प्रसारण हुनेछ ।

कार्यक्रमबारे बोल्दै अध्यक्ष प्रधानले भने, ‘हामी उद्यमशीलतालाई प्रतिस्पर्धा मात्र नभई सहकार्य र सिकाइको प्रक्रिया बनाउन चाहन्छौँ । पिचफेस्टले प्रदेशका युवा उद्यमीलाई नयाँ उचाइमा पु¥याउने विश्वास लिएका छौँ ।’

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.