आईतवार, आश्विन २५,२०८३ 05:56:51
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 05:56:51
Bizshala
Global IME Bank Limited

खाद्य सम्प्रभुता र जलवायु न्यायको मुद्दासहित सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु

Bizshala
खाद्य सम्प्रभुता र जलवायु न्यायको मुद्दासहित सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु
New Office

काठमाण्डौ । खाद्य सम्प्रभुता, जलवायु न्याय र किसानका सवाललाई प्राथमिकतामा राख्दै सप्ताहव्यापी विश्व खाद्य दिवस २०८३ का कार्यक्रम सुरु भएका छन्।

खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा आइतबारदेखि काठमाण्डौमा विभिन्न जनचेतनामूलक, बहस तथा सिर्जनात्मक कार्यक्रम सुरु भएका हुन्।

यस वर्ष ‘इनोभेट टुडे, नरिस टुमोरो’ अर्थात् ‘आज नवीनता अपनाऔँ, भोलि पोषण सुनिश्चित गरौँ’ भन्ने नारासहित ४६औँ विश्व खाद्य दिवस मनाइँदैछ।

जलवायु परिवर्तन र त्यसबाट उत्पन्न विपद्ले कृषि उत्पादन, खाद्य प्रणाली तथा किसानको जीविकोपार्जनमा पारेको प्रभावलाई यस वर्षका कार्यक्रमको मुख्य विषय बनाइएको छ।

दिवसको अवसरमा आइतबार बबरमहलस्थित साप फाल्चामा ‘आर्टिभिज्म’ अर्थात् कलामार्फत जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम आयोजना गरिएको छ। सोही अवसरमा पत्रकार सम्मेलन गरी खाद्य सम्प्रभुता, जलवायु न्याय र कृषि क्षेत्रका चुनौतीबारे ध्यानाकर्षण गराइएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कार्यक्रमअन्तर्गत सोमबार दिउँसो ४ बजे वसन्तपुरस्थित शिवपार्वती डबलीमा सडक नाटक प्रस्तुत गरिनेछ। नाटकमार्फत खाद्य अधिकार, कृषि प्रणाली र किसानका समस्या सार्वजनिक बहसमा ल्याउने उद्देश्य राखिएको छ।

त्यस्तै, असोज २७ गते मंगलबार हरिहरभवनस्थित कृषि विभागमा दिउँसो १ देखि ५ बजेसम्म ‘खाना र खेतीपातीका यक्ष प्रश्नहरू’ शीर्षकमा बहस, नाटक, सिर्जनात्मक प्रस्तुति तथा कला प्रदर्शनी आयोजना गरिनेछ।

असोज २८ गते एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट (अनाज) र खाद्यका लागि कृषि अभियानको संयुक्त आयोजनामा कृषि तथा खाद्य प्रणालीका चुनौती, जलवायुजन्य विपद् र किसानको जीविकोपार्जनका विषयमा बहस हुनेछ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी, असोज ३० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विश्व खाद्य दिवसको मुख्य कार्यक्रम आयोजना गर्नेछ। उक्त कार्यक्रममा खाद्यका लागि कृषि अभियानको समेत सहभागिता रहनेछ।

आयोजकका अनुसार सप्ताहव्यापी कार्यक्रमले जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा उत्पन्न समस्या उजागर गर्नुका साथै खाद्य सुरक्षा, किसानको अधिकार र दिगो कृषि प्रणालीका विषयमा जनचेतना बढाउने अपेक्षा गरिएको छ।

हरेक वर्ष अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवसले भोकमरी अन्त्य, खाद्य सुरक्षा र सबै नागरिकको पर्याप्त तथा पोषणयुक्त खानामा पहुँच सुनिश्चित गर्ने विषयलाई जोड दिँदै आएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.