मंगलवार, आश्विन १३,२०८३ 06:28:35
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:28:35
Bizshala
Global IME Bank Limited

लगानीकर्तालाई यो साता विदै-विदा, नेप्से अब आइतबार मात्र खुल्ने

Bizshala
लगानीकर्तालाई यो साता विदै-विदा, नेप्से अब आइतबार मात्र खुल्ने
New Office

काठमाण्डौ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार सीमित दिन मात्र सञ्चालनमा आउने भएको छ । जसका कारण बजारको गतिविधि सुस्त देखिने भएको छ। साताको सुरुका दुई दिन कारोबार भए पनि त्यसपछि परेको सार्वजनिक बिदाका कारण बाँकी दिन बजार बन्द रहनेछ।

फागुन ६ गते ग्याल्पो ल्होसार र फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा परेकाले सेयर कारोबार हुने छैन। यसअघि आइतबार पनि महाशिवरात्रिका कारण बजार खुलेको थिएन। परिणामस्वरूप लगानीकर्ताले यो साता जम्मा दुई दिन मात्र कारोबार गर्ने अवसर पाए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कारोबार भएका दुवै दिन बजारमा गिरावट देखियो। सोमबार नेप्से परिसूचक ८.१२ अंकले घट्दा मंगलबार २०.७५ अंकले ओरालो लागेको थियो। लगातारको गिरावटले बजारमा दबाब रहेको संकेत गरेको विश्लेषकहरू बताउँछन्। चुनाव नजिकिएसँगै लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको उनीहरुको तर्क रहेको छ । जसका कारण बजार साइडवेजमा चलिरहेको छ । 

विशेषगरी लामो विदाका कारण बजारको तरलता र लगानीकर्ताको मनोविज्ञान प्रभावित हुने देखिन्छ। बिदापछि बजार खुल्दा सञ्चित खरिदबिक्री आदेश एकैपटक कार्यान्वयन हुने भएकाले उतारचढाव बढ्न सक्ने अनुमान गर्न सकिन्छ। यसले लगानीकर्ताको लगानी रणनीति र बजारको मुमेन्टम प्रभावित हुन सक्ने समेत विश्लेषकहरु बताउँछन् ।

अब नेप्से फागुन १० गते आइतबार पुनः खुल्नेछ। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.