मंगलवार, फाल्गुन ५,२०८२ 01:57:54
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 01:57:54
Bizshala
Global IME Bank Limited

नेप्सेले गर्‍यो स्टक ब्रोकर न.९२ को टीएमएस बन्द, यस्तो छ कारण ?

नेप्सेले गर्‍यो स्टक ब्रोकर न.९२ को टीएमएस बन्द, यस्तो छ कारण ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले रोड सो ब्रोकर(स्टक ब्रोकर नम्बर ९२) को टिएमएस(ट्रेड म्यानेजमेन्ट सिस्टम) बन्द गरेको छ । मासिक रुपमा तिर्नुपर्ने प्राविधिक शुल्क नतिरेको भन्दै नेप्सेले स्टक ब्रोकर नम्बर ९२ को टीएमएस बन्द गरेको हो ।  

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले उक्त ब्रोकरले मासिक रुपमा तिर्नुपर्ने प्राविधिक शुल्क नतरिेका कारण टीएमएस बन्द गरिएको बताए । ‘रोड सो ब्रोकरले लामो समयदेखि मासिक तिर्नुपर्ने शुल्क तिरेको थिएन । जस कारण आज नेप्सेले उक्त ब्रोकरको टीएमएस बन्द गरेको हो ।’

प्रवक्ता मुराहरीले माघदेखि उक्त ब्रोकरले पैसा नतिरेको र अब उक्त रकमसहित जरिवाना तिरेपछि मात्रै टीएमएस सुचारु गरिने जानकारी दिए । रोड सोल अब नेप्सेलाई मासिक रुपमा तिर्नुपर्ने २५ हजार रुपैयाँ र ५० हजार जरिवाना शुल्क तिर्नुपर्ने हुन्छ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियमावलि, २०७९ को विनियम २१ को (च) मा कारोबार सदस्यले नेप्सेको कारोवार प्रणालीमा कारोवार व्यवस्थापन प्रणाली आबद्ध गरे बापत नेप्सेलाई अनुसुचि २ (ग) बमोजिमको मासिक प्राविधिक सेवा शुल्क बुझाउनु पर्छ भन्ने व्यवस्था उल्लेख गरिएको छ ।

त्यस्तो शुल्क त्रैमासिक अवधिको पहिलो महिनाको सात गते भित्र बुझाउनु पर्ने उल्लेख गरिएको छ। उक्त अवधिमा शुल्क नबुझाएमा नेप्सेले जुन सुकै बेला सेवा बन्द गर्न सक्ने व्यवस्था छ। सोहि नियममा टेकेर नेप्सेले टिएमएस बन्द गरेको हो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.