बुधबार, भाद्र २५,२०८२ 05:50:06
  • बुधबार, भाद्र २५,२०८२ 05:50:06
Global IME Bank Limited

सेयरको अन्तिम कारोबार मूल्य कायम गर्ने नयाँ व्यवस्था भोलिदेखि कार्यान्वयनमा आउने

Hyundai Nepal
सेयरको अन्तिम कारोबार मूल्य कायम गर्ने नयाँ व्यवस्था भोलिदेखि कार्यान्वयनमा आउने

काठमाण्डौ । पूँजीबजारमा कारोबारको अन्तिम १५ मिनेटको मूल्यलाई भारित औषत मूल्य निर्धारण गर्ने नयाँ नियम भोलिदेखि कार्यान्वयनमा आउने भएको छ । यसको जानकारी नेप्सेका कामु सीईओ निरञ्जन फुँयालले दिएका हुन् ।  

नेप्सेको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ लाई चैत ७ गतेदेखि कार्यान्वयन गर्ने निर्णय गरेको हो ।  

यस विषयमा गत फागुन १३ गते बसेको नेप्सेको सञ्चालक समितको बैठकमा छलफल भएको थियो । यससँगै अब कारोबार समयको १५ मिनेटअघि अर्थात दिउँसो २ः४५ देखि ३ बजेसम्म कायम भएको सेयरमूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले एक विनियमावलीलाई परिमार्जन गर्दै अन्तिम १५ मिनेटको मूल्यलाई भारित औषत मूल्य निर्धारण गर्ने पस्ताव धितोपत्र बोर्डमा पठाएको थियो ।  

उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने नेप्सेले जनाएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.