बुधबार, भाद्र २५,२०८२ 06:10:43
  • बुधबार, भाद्र २५,२०८२ 06:10:43
Global IME Bank Limited

ब्रोकरहरुका आईटी कर्मचारीका लागि तालिम आयोजना गर्दै नेप्से, नपठाउनेलाई कारबाही गर्ने

Hyundai Nepal
ब्रोकरहरुका आईटी कर्मचारीका लागि तालिम आयोजना गर्दै नेप्से, नपठाउनेलाई कारबाही गर्ने

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जले धितापत्र दलाल कम्पनीहरुका आईटी कर्मचारीहरुलाई तालिम प्रदान गर्ने भएको छ । नेप्सेस्थित स्रोतले दिएको जानकारी अनुसार यहि जेठ ९ गते शुक्रबार सबै ब्रोकर कम्पनीहरुका आईटी कर्मचारीहरुलाई तालिमका लागि बोलाइने भएको हो । 

स्रोतका अनुसार यसको पहिलो उद्देश्य भनेको ब्रोकरका आईटी कर्मचारीहरुलाई चुस्त दुरुस्त राख्नु हो । दोस्रो भनेको हाल हरेक ब्रोकरहरुले नियामवलीमा ब्यबस्था भए अनुसार २ जना आईटी कर्मचारी राखे वा नराखेको परिक्षण गर्नु पनि हो । नियामवलीमा सबै ब्रोकरहरुले २ जना आईटी कर्मचारी राख्नु पर्ने ब्यबस्था छ । तर सबै ब्रोकरहरुले २ जना कर्मचारी नै राखेका छन वा ब्रोकरहरुले कागजमा मात्रै नेप्सेलाई नाम पठाएका हुन् भन्ने एकिन गर्न नेप्सेले तालिमको आयोजना गर्न लागेको देखन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस अघि सबै ब्रोकरहरुलाई नेप्सेले २ जना आईटी कर्मचारीको नाम मागेको थियो । जसमा ३ ब्रोकरहरुले आउट सोर्सिङ गरेका थिए भने बाँकी सबैले नाम पठाएका थिए । अब नेप्सेले पठाएको कर्मचारीहरुको नाम, पद, शैक्षिक योग्यता , अनुभव र काम गरेको ब्रोकर समेतको पूर्ण बिबारण सहित तालिममा बोलाउने छ । तालिममा नपठाउने ब्रोकरहरुलाई नेप्सेले कारबाही पनि गर्ने भएको छ । यसमा कम्प्युटर साइन्स र आईटी इन्जिनियर नै गरेको कर्मचारी आबश्यक हुनपर्ने नेप्से स्रोतले जानकारी दियो ।  

पछिल्लोपटक नेप्से, ब्रोकर कम्पनीहरु प्रति केही कठोर बनेको देखिन्छ । केही ब्रोकरहरुले भने घुमाउरो पाराले हरेक ब्रोकरहरुमा २ जना आइटी कर्मचारी आवश्यक नभएको पनि बताउँदै आएका छन् । तर नेप्सेले भने बजारमा उच्च मागको अबस्थामा ब्रोकरहरुको टीएमएसमा समस्या आँउदा नेप्सेले गाली खानु परेको भन्दै आईटीमा कडाइ गर्न थालेको हो । यो संगै उपत्यका तथा बाहिरका सबै ब्रोकरहरुमा नेप्सेले छड्के पनि गर्दै जाने नेप्से स्रोतले जानकारी दियो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.