काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको कुल ४९ लाख ५८ हजार ३०८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
जसमध्ये माछापुच्छ्रे बैंकको ४ प्रतिशत अर्थात ४६ लाख ४८ हजार ५४३ कित्ता र ग्रीन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत अर्थात ३ लाख ९ हजार ७६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । दुवै बैंकले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि दुवै बैंकको बोनस सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

