शुक्रबार, जेष्ठ १,२०८३ 01:27:46
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:27:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

खनाल अर्थसचिव हुँदा नै नेप्सेले भोगेको थियो डरलाग्दो क्र्यास, अर्थमन्त्रीकालमा इतिहास दोहोर्‍याउलान् कि नयाँ लेख्लान् ?

Laxmi Sunrise Bank Limited
खनाल अर्थसचिव हुँदा नै नेप्सेले भोगेको थियो डरलाग्दो क्र्यास, अर्थमन्त्रीकालमा इतिहास दोहोर्‍याउलान् कि नयाँ लेख्लान् ?
Shivam Cement

काठमाण्डौ । नेपाल सरकारको अर्थसचिवको जिम्मेवारी सम्हाल्दै गर्दा डा. रामेश्वर खनालले ऐतिहासिक उचाइमा पुगेको सेयर बजार पाएका थिए।  

सन् २००८ अगस्ट ३१ मा उनले सचिव पद सम्हालेको दिन नेप्से परिसूचक करिब १,१७५ अंकमा थियो, जुन त्यतिबेलासम्मकै अलटाइम हाई विन्दु थियो।

Bizshala
New Office
CG Motors

तर, उनले कार्यकाल अघि बढाउँदै गर्दा मुलुकको अर्थतन्त्रले देखाएका संरचनागत कमजोरी, राजनीतिक अस्थिरता, विश्वव्यापी आर्थिक संकटको प्रभाव र बजारमा फैलिएको सट्टेबाजी प्रवृत्तिले गर्दा सेयर बजारमा निरन्तर गिरावट आयो। लगानीकर्ताको मनोबल कमजोर हुँदै जाँदा नेप्से सूचक निरन्तर तल झर्दै गयो।

उनको कार्यकालको अन्त्यतिर, अर्थात् २०११ अप्रिल १३ मा खनाल सचिव पदबाट विदा हुँदा, परिसूचक झरेर ३६० अंकको हाराहारीमा पुगिसकेको थियो। त्यसपछि पनि बजार ओरालो यात्रामा रह्यो र सोही वर्ष जुन १५ मा त ऐतिहासिक न्यूनतम २९२ अंकसम्म आएर क्र्यास भोगिसकेको थियो ।  

यसरी, तत्कालीन अर्थसचिवको रुपमा रहेका खनालको तीन वर्षे कार्यकाल पूँजी बजारको चरम आरोह–अवरोहको साक्षी रह्यो ।कतिपयले यसलाई “खनालकालीन बजार पतन” को रूपमा पनि स्मरण गर्छन्। 

Garima Development Bank
Shivam Cement
IME remit

यद्यपि विश्लेषकहरू बजार खस्नुलाई व्यक्तिगत सचिवीय निर्णयभन्दा पनि समग्र आर्थिक नीति, लगानी वातावरण, राजनीतिक अस्थिरता र नियामकीय कमजोरीसँग जोडेर हेर्छन्।

नयाँ भूमिका, पुरानो प्रश्न

तिनै खनाल अहिले नेपालको अन्तरिम सरकारको अर्थमन्त्री बनेका छन्। सचिव हुँदा त्यसबेलाको अलटाइम हाईबाट न्यूनतम विन्दुमा बजार झरेको तीतो अनुभव भएकै कारण उनले सुरुवातमै पूँजीबजारका विसंगति समाधान गर्ने भन्दै चार सदस्यीय कार्यदल गठन गरेका छन्।

बजारले खासै नरुचाएका अर्थसचिवको इतिहास बनाएका खनाल अहिले मन्त्री भएपछि कस्तो इतिहास बनाउलान् ? बजार र लगानीकर्तामाझ उनले कस्तो छाप छोड्ने हुन् भन्ने प्रश्न उठ्न थालेको छ। यसको उत्तर भने केही महिनापछि मात्रै प्रष्ट हुनेछ।

बजारको नजर

नेपाल धितोपत्र बोर्डका एक पूर्वअधिकारीका अनुसार, “डा. खनाल सचिव हुँदा पूँजीबजारसँग कठोर नीतिगत दृष्टिकोण देखाएका थिए। अहिले मन्त्रीको हैसियतमा उनले लगानीमैत्री वातावरण र नियामकीय कडाइबीच सन्तुलन ल्याउन सके बजारमा स्थायित्व आउनसक्छ। सचिवकालमा बजार क्र्यास भएको तीतो इतिहासलाई मेटेर बजारलाई अलटाईम हाईको विन्दू चुमाउने ऐतिहासिक अवसर उनीसामु छ ।”

त्यस्तै, एक वरिष्ठ बजार विश्लेषकको भनाई खनालले सुरुवातमै कार्यदल बनाएको कदमले बजारलाई सकारात्मक सन्देश दिन्छ भने लगानीकर्ताको मनोबलमा पनि सकारात्मक प्रभाव पारेको देखिएको छ। तर, केवल कार्यदल होइन, ठोस सुधारात्मक नीति कार्यान्वयन भए मात्र लगानीकर्ताको विश्वास दीर्घकालीन रूपमा टिक्ने उनको भनाई छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.