मंगलवार, फाल्गुन १९,२०८२ 08:20:34
Bizshala
  • मंगलवार, फाल्गुन १९,२०८२ 08:20:34
Bizshala
Global IME Bank Limited

नेप्सेद्वारा ब्रोकरका लागि अनिवार्य आईटी अडिट व्यवस्था लागू

Hyundai Nepal
नेप्सेद्वारा ब्रोकरका लागि अनिवार्य आईटी अडिट व्यवस्था लागू
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले पूँजी बजारको डिजिटल पूर्वाधारलाई थप सुरक्षित र विश्वसनीय बनाउन ब्रोकर कम्पनीका लागि अनिवार्य सूचना प्रविधि (आईटी) अडिट व्यवस्था लागू गरेको छ। ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ जारी गर्दै नेप्सेले सेयर कारोबारसँग सम्बन्धित सम्पूर्ण प्रविधि प्रणालीको नियमित, संरचित र मापदण्डअनुरूप परीक्षण अनिवार्य गरेको हो।

अनलाइन सेयर कारोबारको दायरा तीव्र रूपमा विस्तार भइरहेका बेला साइबर आक्रमण, डेटा चुहावट, प्रणाली अवरुद्ध हुने जोखिम तथा ह्याकिङका घटनाप्रति नियामक निकाय सतर्क देखिएको छ। यही सन्दर्भमा नेप्सेले प्रविधि–आधारित कारोबार प्रणालीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउने उद्देश्यसहित अडिटलाई संस्थागत गरेको हो।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नयाँ व्यवस्थाअनुसार प्रत्येक ब्रोकर कम्पनीले दुई वर्षमा कम्तीमा एक पटक आईटी अडिट गराउनुपर्नेछ भने नयाँ ब्रोकरले कारोबार सुरु गरेको छ महिनाभित्र पहिलो अडिट सम्पन्न गर्नुपर्नेछ। अडिट मान्यताप्राप्त सूचना प्रविधि विज्ञ वा अडिट फर्ममार्फत गराई प्रतिवेदन नेप्सेसमक्ष पेस गर्नुपर्ने प्रावधान राखिएको छ।

निर्देशिकाअनुसार ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस), ब्याक अफिस सफ्टवेयर, ग्राहक डेटा व्यवस्थापन प्रणाली, सर्भर, डाटाबेस, नेटवर्क पूर्वाधार, वेबसाइट तथा मोबाइल एपलगायत सम्पूर्ण डिजिटल संरचना परीक्षणको दायरामा पर्नेछन्।

त्यसैगरी ट्रेडिङ प्लेटफर्मको सुरक्षा संरचना, प्रयोगकर्ता प्रमाणीकरण प्रणाली, डेटा ब्याकअप तथा रिकभरी योजना, फायरवाल तथा इन्क्रिप्सन व्यवस्थाको प्रभावकारितासमेत परीक्षण गर्नुपर्नेछ। ग्राहकको व्यक्तिगत र वित्तीय विवरण सुरक्षाका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुरूप साइबर सुरक्षा नीति अवलम्बन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यो कदमले केवल प्राविधिक सुधार मात्र नभई पुँजी बजारको संस्थागत सुशासनलाई बलियो बनाउने विश्वास गरिएको छ । डिजिटल कारोबार प्रणालीमा विश्वास बढेमा लगानीकर्ताको सहभागिता र बजारको विश्वसनीयता दुवैमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

निर्देशिका उल्लङ्घन गर्ने ब्रोकर कम्पनीमाथि कारबाहीको व्यवस्था राखिएको नेप्सेले जनाएको छ। यसलाई पूँजी बजारमा साइबर सुरक्षालाई प्राथमिकतामा राख्दै दीर्घकालीन स्थायित्व र पारदर्शितातर्फको महत्वपूर्ण नीतिगत हस्तक्षेपका रूपमा हेरिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.