शुक्रबार, असार २६,२०८३ 01:44:56
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 01:44:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

३ दिनमै ‘रिभाइभ’ भयो नेप्से: २१,४०० करोड सम्पत्ति फिर्ता, अब उछाल आउने संकेत झनै बलिया

Laxmi Sunrise Bank Limited
३ दिनमै ‘रिभाइभ’ भयो नेप्से: २१,४०० करोड सम्पत्ति फिर्ता, अब उछाल आउने संकेत झनै बलिया

काठमाण्डौ । केही दिनअघिसम्म डर र हल्लाले थिचिएको सेयर बजार अचानक फर्किएको छ। लगातार सुधार देखिएको NEPSE Index मा केवल तीन कारोबार दिनमै लगानीकर्ताको करिब २१ हजार ४०० करोड रुपैयाँ बराबरको सम्पत्ति पुनः थपिएको छ।

गृहमन्त्रालयको निर्देशनमा व्यवसायीमाथि भएको धरपकड र ‘पूँजीबजारमा पनि शुद्धिकरण अभियान चल्ने’ हल्लाले लगानीकर्तामा त्रास फैलिएको थियो। त्यसको असरस्वरूप उच्च बिक्रीचाप देखिँदा बजार केही दिन लगातार ओरालो लागेको थियो। प्यानिक सेलिङका कारण कुल बजार पूँजीकरण ५० खर्बमाथिबाट झरेर करिब ४५ खर्ब ५० अर्बमा सीमित भएको थियो।

New Office
CG Motors
Garima Development Bank

तर, परिस्थितिमा नाटकीय मोड आयो। सरकारको मौनतामाथि चर्को आलोचना भएपछि अर्थमन्त्रीले पूँजीबजारप्रति सकारात्मक धारणा सार्वजनिक गरेसँगै लगानीकर्ताको मनोबल फर्कियो। परिणामस्वरूप पछिल्ला तीन दिनमै बजारले गति लिँदै पूँजीकरण पुनः ४७ खर्ब ६४ अर्बभन्दा माथि पुगेको छ।

किन फर्कियो बजार ?

बजार सुधारका पछाडि एकैपटक धेरै ‘ट्रिगर’ सक्रिय भएका छन्:

-सरकारको लगानीकर्तामैत्री संकेत र स्पष्ट सन्देश

-ब्रोकरमार्फत मार्जिन कारोबार बैशाख २ देखि सुरु हुने घोषणा

-बैंकिङ प्रणालीमा पर्याप्त तरलता र घट्दो ब्याजदर

-संस्थागत लगानीलाई सहज बनाउने नीतिगत प्रतिबद्धता

-चैत मसान्तको ब्याज दबाब समाप्त

बाह्य प्रभाव पनि सकारात्मक

अमेरिका-इरान तनाव अस्थायी रूपमा रोकिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने संकेत देखिएको छ। यसले नेपालमा आयात लागत, ढुवानी खर्च र महँगी घटाउने अपेक्षा गरिएको छ। मुद्रास्फीति नियन्त्रणमा आउँदा आर्थिक गतिविधि सुधारिने र त्यसको सकारात्मक असर सेयर बजारमा पर्ने विश्लेषण गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताका लागि पाठ

यो घटनाले बजारको मनोविज्ञानलाई फेरि एकपटक उजागर गरेको छ:

-हल्लाको पछि लागेर बेच्नेले घाटा व्यहोर्छन्

-धैर्य राख्ने ‘होल्डर’ अन्ततः फाइदामा जान्छन्

अबको संकेत

नीतिगत स्पष्टता, प्रणालीमा पैसा (लिक्विडिटी) र लगानीकर्ताको आत्मविश्वास एकैपटक फर्किएको अवस्थामा बजारमा मिडटर्म बुलिश ट्रेन्ड सुरु हुने अनुमान गर्न थालिएको छ।

यदि यस्तै वातावरण कायम रह्यो भने, नेप्सेले छोटो समयमै थप उकालो यात्रा तय गर्ने संकेतहरू बलिया देखिएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.