काठमाण्डौ । अघिल्लो दुई कारोबार दिनमा उच्च गिरावटको सामना गरेको नेप्सेले आज भने राम्रो सुरुवात गरेको छ ।
आज प्रि–ओपन सेशनमा ८ अंकले बढेको नेप्से परिसूचक नियमित कारोबार खुलेसँगै उच्च अंकले बढेको छ । आज कारोबार खुलको ५ मिनेटमा नै नेप्से परिसूचक २.४१ प्रतिशत अर्थात ६७.०९ अंकले बढको छ ।
यससाँगै नेप्से परिसूचक २ हजार ८४९.७० विन्दुमा पुगेको छ । नेप्से १९२ वटा कम्पनीको सेयरमूल्य बढ्दा २० वटाको मात्रे घटेको छ । ५ मिनेटको अवधिमा २७ करोड ४३ लाख बढीको कारोबार भएको छ । अहिलेसम्म वरुण हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ७.९५ प्रतिशतले बढेको छ ।