काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको १ करोड १९ लाख कित्ता बढी सेयर सूचीकृत भएको छ । आज नेप्सेमा घलेम्दी हाईड्रोपावरको २०० प्रतिशत हकप्रद सेयर र मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
घलेम्दी हाईड्रोको १ करोड १० लाख कित्ता बोनस सेयर र मितेरी डेभलपमेन्ट बैंकको ९ लाख ६४ हजार २५१.३६५ कित्ता हकप्रद सेयर गरी कुल १ करोड १९ लाख ६४ हजार २५१.३६५ कित्ता सेयर सूचीकृत भएको हो ।