बाढीले रोकिएको घलेम्दीको विद्युत् उत्पादन पुनः सुरु, आम्दानीमा राहत पुग्ने
काठमाडौं । कालीगण्डकी नदीमा आएको भीषण बाढीले प्रसारण लाइनका टावरमा क्षति पुर्याएपछि बन्द भएको घलेम्दी खोला जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको छ। घलेम्दी हाइड्रो लिमिटेडले सञ्चालन गरेको ५ मेगावाट क्षमताको आयोजना असोज ३१ गते रातिदेखि पुनः सञ्चालनमा आएको हो।

