आईतवार, असार २२,२०८२ 03:19:11
  • आईतवार, असार २२,२०८२ 03:19:11
Global IME Bank Limited

घलेम्दी हाईड्रो १६.९७ लाख घाटामा, आम्दानीमा भने ८०.९९% को सुधार

Hyundai Nepal
घलेम्दी हाईड्रो १६.९७ लाख घाटामा, आम्दानीमा भने ८०.९९% को सुधार
Nabil Bank Limited

काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म घाटामै रहेको छ । यो अवधिमा कम्पनीले १६ लाख ९७ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।  

यद्यपी यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा भने ९६.६० प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४ करोड ९९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आम्दानी बढेसँगै कम्पनीको घाटामा कमी आएको हो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८०.९९ प्रतिशतले बढेको छ । कम्पनीको कुल आम्दानी ८ करोड ९९ लाख रुपैयाँ रहेको छ । जसमा विद्युत बिक्रीमार्फत ६ करोड ७४ लाख र अन्य आम्दानी २ करोड २५ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको कुल खर्चमा कमी आएको छ । कम्पनीको खर्च १३.६५ प्रतिशतले घटेर ८ करोड ६० लाख रुपैयाँमा सीमित बनेको छ । १ अर्ब ६५ करोड चुक्तापूँजी भएको कम्पनीको रिजर्भ २१ करोड ११ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । सेयर प्रिमियम शीर्षकमा कम्पनीले १८ करोड १५ लाख रुपैयाँ छुट्टाएको छ । कम्पनीको अल्पकालिन कर्जा २३ करोड ४७ लाख र दीर्घकालिन कर्जा ६९ करोड ९० लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.१० रुपैयाँ ऋणात्मक,प्रतिसेयर  नेटवर्थ ९८.२० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५५.३७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९८२.७८ गुणा ऋणात्मक र तरलता अनुपात ९.७७ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.