आईतवार, असार २२,२०८२ 02:37:17
  • आईतवार, असार २२,२०८२ 02:37:17
Global IME Bank Limited

घलेम्दी हाईड्रो ७.५० करोड घाटामा, रिजर्भ २.६१ करोडले ऋणात्मक

Hyundai Nepal
घलेम्दी हाईड्रो ७.५० करोड घाटामा, रिजर्भ २.६१ करोडले ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा ७ करोड ५० लाख रुपैयाँ घाटा व्यहोरेको छ ।  यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ३.०९ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ७ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानी भने ४.१७ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड १५ लाख रुपैयाँ कमाएको छ । कम्पनीले अन्य आम्दानी २ लाख ५२ हजार र ब्याज आम्दानी २ करोड २२ लाख गरी कुल १२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.८३ प्रतिशतले कम हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले १९ करोड ९१ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । १ अर्ब ६५ करोड चुक्तापूँजी भएको कम्पनीको रिजर्भ २ करोड ६१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको अल्पकालिन कर्जा ७ करोड ३६ लाख दीर्घकालिन कर्जा ७१ करोड २२ लाख रुपैयाँ रहेको छ । कम्पनीले मुद्दती निक्षेपमा ६५ करोड रुपैयाँ र सांग्रिला उर्जा लिमिटेडमा ३२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.५८ रुपैयाँ ऋणात्मक,प्रतिसेयर  नेटवर्थ ९८.४२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४६.५६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५७.८० गुणा ऋणात्मक र तरलता अनुपात १०.०४ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.