काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले सर्वसाधारण समूहतर्फको ३२ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ । कम्पनीले आजदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण समूहको सेयर बोलकबोलमार्फत बिक्री खुलाएको हो ।
सेयर खरिदका लागि जो कोहि व्यक्ति,संघ संस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य रु.१०० तोकिएको छ ।
इच्छुक लगानीकर्ताले काठमाण्डौ नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलको कार्यालय र मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु,ठीमी,कुमारीपाटी,बिर्तामोड,विरगंज,जनकपुर,हेटौडा,नारायणगढ,पोखरा,बेनी बुटवल,दाङ,नेपालगंज,सुर्खेत,धनगढी र महेन्द्रनगरमा बोलपत्र आवेदन बुझाउनु पर्नेछ ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति माघ २३ गते रहेको छ ।