बुधबार, भाद्र ३,२०८३ 02:41:01
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:41:01
Bizshala
Global IME Bank Limited

घलेम्दी हाईड्रोको घाटामा ६६% को कमी, आम्दानी ४८% ले बढ्यो

घलेम्दी हाईड्रोको घाटामा ६६% को कमी, आम्दानी ४८% ले बढ्यो
New Office

काठमाण्डौ । विद्युत बिक्री आम्दानी बढेसँगै घलेम्दी हाईड्रो लिमिटेडको घाटामा कमी आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनी २ करोड ४६ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको तुलनामा ६६.२५ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी ७ करोड ३० लाख घाटामा थियो ।  

तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी ४८.५८ प्रतिशतले बढेको छ । कम्पनीको कुल आम्दानी ११ करोड ५६ लाख रुपैयाँ रहेको छ । जसमा विद्युत बिक्रीमार्फत ८ करोड ६२ लाख र ब्याज आम्दानी २ करोड ९२ लाख रुपैयाँ रहेको छ ।  

Bizshala
CG Motors

कम्पनीको कुल खर्चमा कमी आएको छ । अघिल्लो आवमा १५ करोड ८ लाख रहेको कुल खर्च घटेर १३ करोड २९ लाख रुपैयाँमा सीमित बनेको छ । १ अर्ब ६५ करोड चुक्तापूँजी भएको कम्पनीको रिजर्भ २३ करोड ४१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । सेयर प्रिमियम शीर्षकमा कम्पनीले १८ करोड १५ लाख रुपैयाँ छुट्टाएको छ । कम्पनीको अल्पकालिन कर्जा २७ लाख १२ हजार र दीर्घकालिन कर्जा ६९ करोड २४ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.४९ रुपैयाँ ऋणात्मक,प्रतिसेयर  नेटवर्थ ९६.८१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३९.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०२.५१ गुणा ऋणात्मक र तरलता अनुपात ९.२१ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.