आईतवार, असार २२,२०८२ 02:56:38
  • आईतवार, असार २२,२०८२ 02:56:38
Global IME Bank Limited

घलेम्दी हाईड्रोको घाटामा ६६% को कमी, आम्दानी ४८% ले बढ्यो

Hyundai Nepal
घलेम्दी हाईड्रोको घाटामा ६६% को कमी, आम्दानी ४८% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । विद्युत बिक्री आम्दानी बढेसँगै घलेम्दी हाईड्रो लिमिटेडको घाटामा कमी आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनी २ करोड ४६ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको तुलनामा ६६.२५ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी ७ करोड ३० लाख घाटामा थियो ।  

तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी ४८.५८ प्रतिशतले बढेको छ । कम्पनीको कुल आम्दानी ११ करोड ५६ लाख रुपैयाँ रहेको छ । जसमा विद्युत बिक्रीमार्फत ८ करोड ६२ लाख र ब्याज आम्दानी २ करोड ९२ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको कुल खर्चमा कमी आएको छ । अघिल्लो आवमा १५ करोड ८ लाख रहेको कुल खर्च घटेर १३ करोड २९ लाख रुपैयाँमा सीमित बनेको छ । १ अर्ब ६५ करोड चुक्तापूँजी भएको कम्पनीको रिजर्भ २३ करोड ४१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । सेयर प्रिमियम शीर्षकमा कम्पनीले १८ करोड १५ लाख रुपैयाँ छुट्टाएको छ । कम्पनीको अल्पकालिन कर्जा २७ लाख १२ हजार र दीर्घकालिन कर्जा ६९ करोड २४ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.४९ रुपैयाँ ऋणात्मक,प्रतिसेयर  नेटवर्थ ९६.८१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३९.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०२.५१ गुणा ऋणात्मक र तरलता अनुपात ९.२१ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.