काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले ४.७१ प्रतिशतले घाटा घटाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ९५ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आवको समीक्षा अवधिसम्म भने १ करोड ८६ लाख रुपैयाँ घाटामा रहेको छ ।
कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ९२ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ७.१६ प्रतिशतले धेरै हो ।
कम्पनीको कर्मचारी खर्च २५ लाख १८ हजार,प्रशासनिक खर्च ४२ लाख ६६ हजार र वित्त खर्च २ करोड ७३ लाख रुपैयाँ रहेको छ । कम्पनीको अल्पकालिन कर्जा ५ करोड ३६ लाख दीर्घकालिन कर्जा ८५ करोड ८३ लाख रुपैयाँ रहेको छ । दोस्रो त्र्रमाससम्म कम्पनीको रिजर्भको आकार १८ करोड २४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १.४० रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ८६.२६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६१.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११९.७९ गुणा ऋणात्मक र तरलता अनुपात ८.८२ गुणा कायम भएको छ ।