आईतवार, असार २२,२०८२ 01:12:00
  • आईतवार, असार २२,२०८२ 01:12:00
Global IME Bank Limited

घलेम्दी हाईड्रोको घाटा ४१% ले बढ्यो, बिद्युत बिक्री आम्दानीमा पनि गिरावट

Hyundai Nepal
घलेम्दी हाईड्रोको घाटा ४१% ले बढ्यो, बिद्युत बिक्री आम्दानीमा पनि गिरावट
Nabil Bank Limited

काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड १८ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।  यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४१.०८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ५५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानी पनि १८.१९ प्रतिशतले घटेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड ८३ लाख रुपैयाँ कमाएको छ । कम्पनीले अन्य आम्दानी १४ हजार र ब्याज आम्दानी ९७ लाख २३ हजार गरी कुल २ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.६९ प्रतिशतले कम हो ।  

कम्पनीले ५ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । १ अर्ब ६५ करोड चुक्तापूँजी भएको कम्पनीको रिजर्भ २० करोड ४४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले सेयर प्रिमियम शीर्षकमा १८ करोड १५ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको अल्पकालिन कर्जा १ करोड ८० लाख दीर्घकालिन कर्जा ७१ करोड ५१ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.३३ रुपैयाँ ऋणात्मक,प्रतिसेयर  नेटवर्थ ९८.६१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४४.९५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११५.३६ गुणा ऋणात्मक र तरलता अनुपात १.९३ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.