काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सिप्ला सेक्युरिटिज प्रालि(स्कट ब्रोकर नम्बर २०)लाई कारवाही गरेको छ । नेप्सेले उक्त ब्रोकरलाई कारवाही गर्दै ३ कार्य दिनका लागि कारोबार गर्न नपाउने गरी निलम्बन गरेको हो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको असार १९ गतेको पत्रमार्फत तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्यौट कार्य नगरेको भनी तीन कार्य दिनको लागि कारोबार गराउनबाट वञ्चित गर्न सिफारिस भई आएकोले उक्त ब्रोकरलाई सो अवधिका लागि निलम्बन गरिएको नेप्सेले जनाएको छ ।
यो कारवाही धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ को उपविनियम १(छ) बमोजिम गरिएको हो । यससँगै यो ब्रोकरबाट अब असार २३ गतेदेखि २५ गतेसम्म सेयर कारोबार हुने छैन ।