बुधबार, भाद्र २५,२०८२ 05:59:38
  • बुधबार, भाद्र २५,२०८२ 05:59:38
Global IME Bank Limited

आजदेखि अटलट सेयरको कारोबार सुरु, नेप्सेको मार्केट डेप्थमा अर्डर देख्न सकिने

Hyundai Nepal
आजदेखि अटलट सेयरको कारोबार सुरु, नेप्सेको मार्केट डेप्थमा अर्डर देख्न सकिने

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अडलट सेयर अर्थात १० कित्ता भन्दा तलको सेयरको नियमित कारोबार गर्ने व्यवस्था गरेको छ । यससँगै अब कुनै सेयरधनीको खातामा भएको १० कित्ता भन्दा तलको सेयर नियमित रुपमा नै कारोबार गर्न सकिनेछ  ।  

आम लगानीकर्ताको माग बमोजिम नेप्सेले साउन १ गतेदेखि नेप्से वेबसाइटको मार्केट डेप्थमा अड लट खरिद तथा बिक्री आदेश देख्न सकिने बनाएको हो ।

यसबाट आफूसँग अड लट धितोपत्र हुँदा खरिदबिक्री गर्न नपाएको भन्ने लगानीकर्ताको गुनासो सम्बोधन हुने विश्वास नेप्सेले लिएको छ । धितोपत्र कारोबार विनियमावली, २०७५ मा अड लट कारोबारसम्बन्धी व्यवस्था छ । यस अनुसार धितोपत्रको अंकित मूल्य रु.१० भएमा १०० कित्ता, अंकित मूल्य रु. १०० भएमा १० कित्ता र अंकित मूल्य रु. १००० भएमा एक कित्ताको कारोबारलाई अड लट भनिन्छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विनियमावलीले उल्लेखित भन्दा कम कित्ताको कारोबारलाई अड लट कारोबार भनेर परिभाषित गरेको छ । अड लट कारोबारलाई मूल्य परिवर्तन सीमा र बजार परिसूचक गणनामा समावेश गरिदैन । धितोपत्रधनीले बोर्ड लटमा भएको धितोपत्रलाई टुक्राएर अड लट बनाउन नपाउने व्यवस्था विनियमावलीमा छ ।

यसअघि अटलट सेयर किनबेच गर्न या त लगानीकर्ताहरुले आफै ग्राहक खोज्नुपर्ने वा त्यही कम्पनीको थप १० कित्ता सेयर किनेर मात्रै सेयर कारोबार गर्नु पर्ने व्यवस्था थियो । अटलट कारोबार सुरु भएसँगै अब भने लगानीकर्ताले यस्तो झन्झटबाट मुक्ति पाउने भएका छन् ।

  यस्तो छ प्रक्रिया

सबै भन्दा पहिले लगानीकर्ताले आफूसँग कुन कम्पनीको सेयर अडलट छ भन्ने एकिन गुर्नुपर्ने हुन्छ । त्यसपछि नेप्सेको वेवसाइडमा गएर मार्केट डेप्थमा क्लिक गरि सकेपछि अडलटको अप्सन आउछ । त्यपश्चात अडलटमा क्लिक गरेपछि लगानीकर्ताले कुन–कुन कम्पनीको सेयर के–कति किनबेच गर्न बसेको छ भन्ने एकिन हुनेछ ।  

यस आधारमा अब टीएमएसमा गएर सोहि मुल्यको आधारमा सेयर खरिद तथा बिक्री गर्न सकिनेछ । तर यसले नियमित कारोबारलाई भने कुनै असर गर्ने छैन । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.