सर्वोत्तमको सेयर कारोबारमा अड्लट सुविधाको दुरुपयोग, ब्रोकर नम्बर ५८ अगाडि
काठमाण्डौं । दोस्रो बजारमा पहिलोपटक बुक बिल्डिङ विधिबाट कारोबारमा आएको सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा अड्लटको चरम दुरुपयोग भएको छ । चैत ६ गतेदेखि कारोबारमा आएको यो कम्पनीको सेयरमा हालसम्म जम्मा २ दिन कारोबार भएको छ । अड्लट खासगरी लगानीकर्ताहरुले सेयर कारोबार गर्दा वा मर्ज भएर आएको १० कित्ताभन्दा थोरै सेयर कारोबारका लागि मात्रै पाइने सुविधा हो ।