काठमाण्डौं । दोस्रो बजारमा पहिलोपटक बुक बिल्डिङ विधिबाट कारोबारमा आएको सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा अड्लटको चरम दुरुपयोग भएको छ ।
चैत ६ गतेदेखि कारोबारमा आएको यो कम्पनीको सेयरमा हालसम्म जम्मा २ दिन कारोबार भएको छ । अड्लट खासगरी लगानीकर्ताहरुले सेयर कारोबार गर्दा वा मर्ज भएर आएको १० कित्ताभन्दा थोरै सेयर कारोबारका लागि मात्रै पाइने सुविधा हो ।
एक आइटी विज्ञकाअनुसार यो लगानीकर्ताबाट गरिएको अड्लटको दुरुपयोग हो । ‘यसले सेयरभाउलाई प्रभावित त गर्दैन, तर उद्देश्यभन्दा फरक प्रयोजनका लागि यो सुविधाको चरम दुरुपयोग भएको छ ।’ उनले थपे–‘कसैको घरको ढोका खुलै छ भन्दैमा चोर्न पसेजस्तै हो । यसमा कानूनी बिषय पनि छ, सम्बन्धित निकाय(नेप्से)ले कारबाही गर्नुपर्छ ।’
दुई दिनको कारोबारमा नै अड्लट देखिएको छ । त्यसमा पनि ठूलो ब्रोकर भनेर चिनिएको नासा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५८)को ग्राहकबाट कारोबार भएको छ । नेप्से र धितोपत्र बोर्डको नियमन विभागले हेर्नुपर्छ ।
यो लगानीकर्ताहरुलाई दिइएको सुविधा हो, तर दुरुपयोग भयो । यस्तो कारोबार पहिले शुक्रबार मात्रै हुने गथ्र्यो । अहिले अरु बार पनि राखिएको छ ।
धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले यो विषयलाई आफूले नियमन विभागलाई हेर्न लगाउने बताए ।