मंगलवार, फाल्गुन ५,२०८२ 01:55:02
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 01:55:02
Bizshala
Global IME Bank Limited

लगानीकर्ताद्वारा पूँजीबजार सम्बन्धी ‘गोलमेच भेला’को माग, तत्काल बजार नखोल्न आग्रह

लगानीकर्ताद्वारा पूँजीबजार सम्बन्धी ‘गोलमेच भेला’को माग, तत्काल बजार नखोल्न आग्रह
Shivam Cement

काठमाण्डौं । देशको असहज परिस्थितका कारण यो साता मंगलबारदेखि सेयर बजार बन्द रहेको छ । यो साता दुई दिन मात्रै खुलेको सेयरबजार आगामी साता पनि के हुने भन्ने विषयमा अन्यौल्ता रहेको छ ।  

यही समयमा लगानीकर्ताहरुले पूँजीबजारसँग सम्बन्धित आफ्ना मागहरु पनि लामो समयदेखि पूरा नभएको भन्दै गोलमेच भेलाको माग गरेका छन् । नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले फेसबुकमा स्टाटसमा लेखेका छन् ‘अहिलेको विषम परिस्थिति, राष्ट्रिय अन्यौलतालाई मध्यनजर गरी सबै सरोकारवालाहरू, जस्तै लगानीकर्ता, नेप्से, ब्रोकर,  सिडिएससी, अर्थमन्त्रालय एवं अन्य नियामक निकायको गोलमेच भेला ÷ बैठक गरी पुँजीबजार सुधारका खाकासहित बजार कहिले र कसरी खोल्ने सम्बन्धमा छलफल गर्न नेपाल धितोपत्र बोर्डलाई अनुरोध गरिएको छ । धितोपत्र बोर्डले यस सम्बन्धमा यथाशक्य छिटो निर्णय गर्नेछ । अन्य  लगानीकर्ताको संघसंस्थाहरुले समेत यस कार्यमा पहल गर्नुहुन अनुरोध छ ।’

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

पाण्डेले बिजशालासँग कुरा गर्दै भने, ‘अहिले देशको स्थिति निकै तरल अवस्थामा छ । अहिले अर्थ मन्त्रालय पनि नभएको बेलामा झ्याप्पै सेयर बजार खोल्दा बजारको अबस्था जे पनि हुन सक्छ । त्यही कारण धितोपत्र बोर्डले सवै सरोकारवालाहरुसँग मात्रै छलफल गरेर पूँजीबजार खोल्नु पर्छ ।’

उनले यस विषयमा आफूहरुले धितोपत्र बोर्डलाई फोन मार्फत आग्रह गरेको समेत बताए । त्यसैगरि, नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले यस विषयमा आफूहरुले जारी गरेको विज्ञप्तीमा पनि प्रष्ट रहेको बताए । उनले भने ‘मुख्य समस्या भनेको अहिलेको राजनीतिक समस्या हो । यो समस्या समाधान न भएसम्म सेयर बजार खोल्नु हँदैन ।  

लगानीकर्ता पुरुषोत्तम कंडेलले पनि तत्कालै सेयर बजार खोल्नु उचित नहुने बताए । ‘पूँँजीबजारका बेथितिहरूको अन्त्य तुरून्त हुनु पर्छ । लगानिकर्तीले राखेका सबै माग अहिले नै पुरा गराउनु पर्छ,’ उनले भने ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.