बुधबार, भाद्र २५,२०८२ 05:51:21
  • बुधबार, भाद्र २५,२०८२ 05:51:21
Global IME Bank Limited

नेप्सेले नै हेर्दैन सेयर कारोबार, सीईओ कक्षदेखि प्रवेशद्धारसम्मको डिस्प्ले महिनौदेखि बन्द

Hyundai Nepal
नेप्सेले नै हेर्दैन सेयर कारोबार, सीईओ कक्षदेखि प्रवेशद्धारसम्मको डिस्प्ले महिनौदेखि बन्द

काठमाण्डौ । धितोपत्र बजारको एक नियामक निकाय नेपाल स्टक एक्सचेञ्जले सेयर बजारको कारोबारमा खासै वास्ता गर्ने गरेको छैन । अघिल्लो साता नेप्सेले  नयाँ सीइओ चूडामणी चापागाईलाई नियूक्ति गरेको थियो । उनी भर्खर सीइओ नियुक्त भएर आएको कारण धेरै विषय बुझ्दै होलान् । तर उनी दैनिक आउने जाने गेटमा नै लामो समयदेखि सेयरबजारको विषयमा जानकारी दिने डिस्प्ले बन्द रहेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो डिस्प्ले तत्कालिन सीईओ कृष्ण बहादुर कार्की हुँदादेखिनै बन्द थियो । यतिमात्रै होइन नयाँ सीइओको कार्यकक्षमा पनि हाल डिस्प्ले बन्द रहेको छ । यसबाट प्रष्ट हुन्छ कि सेयर बजारको विषयमा नेप्से कत्तिको चुस्त छ भन्ने । पूँजीबजारको र नेप्से सूचकको विषयमा जानकारी दिने गरि केही समय पहिले सिंहदरबार अगाडि राष्ट्रिय वाणिज्य बैंकको भवन माथि पनि डिस्प्ले राखिएको थियो । त्यहाँको डिस्प्ले पनि अहिले बन्द अवस्थामा छ ।  

त्यति मात्रै नभएर अहिले नेप्से गेट अगाडिकै डिस्प्ले समेत बन्द रहेको महिनौ भयो ।  नेप्सेले केही वर्ष पहिले राजधानीका विभिन्न मूख्य चोकमा पनि पूँजीबजारको विषयमा जानकारी दिने गरि बोर्ड राख्ने बताएको थियो । तर हाल नेप्सेले आफ्नै कार्यकक्ष र गेटमा डिस्प्ले सुचारु गर्न सकेको छैन ।  

नेप्सेको यो डिस्प्ले २०६४ सालमा हरिबहादूर केसीको भेण्डर कम्पनीले बनाएको नेप्सेका एक अधिकारीले जानकारी दिए । त्यही समयदेखि धेरै जसो समय बिग्रने गरेको यो डिस्प्ले हाल बन्द अवस्थामा छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.