मंगलवार, फाल्गुन ५,२०८२ 01:56:22
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 01:56:22
Bizshala
Global IME Bank Limited

महिनौदेखि बस्न सकेन नेप्सेको बोर्ड बैठक, अध्यक्ष नहुँदा कामकारवाही प्रभावित

महिनौदेखि बस्न सकेन नेप्सेको बोर्ड बैठक, अध्यक्ष नहुँदा कामकारवाही प्रभावित
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा नयाँ सीईओ आएता पनि नेप्सेको कामकारबाही भने खासै अघि बढ्न सकेका छैनन् । यस्तो हुनुको पछि नेप्से भित्रको समस्या भन्दा पनि नेप्सेमा अध्यक्ष नहुनु मुख्य कारण हो । नेप्सेमा अध्यक्ष नहुँदा नियमित काम बाहेक अन्य काम हुन सकेका छैनन् । यस आघिका बोर्ड अध्यक्ष शोभाकर पौडेल गण्डकी प्रदेशमा सचिब भएर गए पछि डेढ महिना देखि नेप्से अध्यक्षविहिन बन्न पुगेको छ ।  

जसका कारण नेप्सेमा नियमित काम बाहेक अन्य काम केही पनि हुन सकेको अबस्था छैन । असार महिना भनेको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम बनाउने तथा पारित गर्ने समय पनि हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेप्सेमा अध्यक्ष पठाउने जिम्मा अर्थ मन्त्रालयस्थित वित्तिय व्यवस्थापन महाशाखाको हो । तर वित्तिय व्यवस्थापन शाखाका प्रमुख सेवन्त पोखरेल कार्यकक्षमा समेत भेटिदैनन भने सम्पर्कमा आउन पनि चाहदैनन् ।  

यसबाट ६८ लाख लगानीकर्ता रहेको पूँजीबजारलाई सरकारले हेर्ने दृष्टिकोण थाहा पाउन सकिन्छ । यसअघि पनि नेप्सेको सीईओ लामो समयपछि नियुक्त गरिएको थियो । बजारमा लगानीकर्ताहरुले नयाँ–नयाँ प्रविधि र प्रडक्ट अपेक्षा गरेका हुन्छन् । तर नेपाल सरकार र तालुकदार मन्त्रालय भने यस्ता विषयमा संधै बेखबरमा झै रहेका हुन्छन् । अर्थमन्त्रालयका सूचना अधिकारी अम्बिका प्रसाद खनालले यो विषय राजश्व सचिब हुँदै अर्थमन्त्रीले नै टुङगाउने भएकाले हालसम्म कुनै प्रक्रिया अघि बढेको आफ्नो जानकारीमा नभएको बताए ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.