बिहीबार, असार ११,२०८३ 07:19:19
Bizshala
  • बिहीबार, असार ११,२०८३ 07:19:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्से पुगेर अर्थमन्त्रीले सोधे, ‘३ हजार माथि पुगेको बजार कसरी २५८० मा आईपुग्यो ?’

‘सामाजिक सञ्जालबाट त्रास फैलाएर बजार घटाउने गिरोहलाई सरकारले छाड्ने छैन’

Laxmi Sunrise Bank Limited
नेप्से पुगेर अर्थमन्त्रीले सोधे, ‘३ हजार माथि पुगेको बजार कसरी २५८० मा आईपुग्यो ?’

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ हजार विन्दुसम्म पुगिसकेको नेप्से २५८० विन्दुमा कसरी झर्यो भनेर प्रश्न गरेका छन् । आज बजारको फ्रन्टलाइन रेगुलेटर नेप्सेको आकस्मिक भ्रमण गर्न पुगेका पौडेलले नेप्सेका अधिकारीहरुलाई ३ हजार माथि पुगेको बजार २५८० मा कसरी पुग्यो ? भनेर प्रश्न गरेका हुन् ।  

उनले नेप्सेका अधिकारीहरुलाई केही गलत तत्वले फैलाएको अफवाहको पछि लगानीकर्ता दौड्दा बजारमा कुनै कारण बिना नै गिरावट देखिएको बताए ।  

New Office
CG Motors
Garima Development Bank

अर्थमन्त्रीले फेसबुक, क्लबहाउस लगायतका सामाजिक सञ्जालमा गैरकानूनी ढंगले बजारलाई नकारात्मक प्रभाव पार्न र लगानीकर्ताको मनोबल गिराउन सक्रिय पात्र तथा समूहहरुलाई कडा कारवाही गर्ने चेतावनि समेत दिए । पौडेलले लगानीकर्तालाई कसैले उक्साएको भरमा भन्दा आफैले कम्पनीको वित्तीय अवस्था अध्ययन गरी सेयर खरिद बिक्रीको निर्णय लिने बानीको विकास गर्न समेत आह्वान गरेका छन् । 

‘नेप्सेले पनि सामाजिक सञ्जालमा हुने यस्ता गतिविधिप्रति चासो बढाउनु पर्छ, ’ पौडललले भने,‘देशको अर्थतन्त्र र प्रमुख सूचकहरु सबै सकारात्मक हुँदाहुँदै बजार यसरी घटाइनु प्राकृतिक छैन । यसमा सरकारले छानबिन गर्नेछ ।

सो क्रममा पौडेलले नेप्सेको पुनर्संचरना हुने र आईपीओ समेत जारी हुने संकेत गरेका थिए । करिब ३० मिेनट नेप्सेका कर्मचारीहरुलाई सम्बोधन गरेको अर्थमन्त्री सेयर कारोबारको लाइभ हेर्न भन्दै नेप्से छिरेका थिए । पौने ३ बजे त्यहाँ पुगेको उनलाई करिब १५ मिनेट सेयर कारोबारको लाभई देखाइएको थियो । कुनै पूर्व निर्धारित कार्यक्रम बिना अर्थमन्त्री नेप्से पुग्नुलाई कर्मचारीहरुले लगानीकर्ताको घट्दो मनोबल उकास्ने रणनीतिको रुपमा ब्याख्या गरेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेप्सेका एक कर्मचारीले बिजशालासँग भने, ‘अति नै व्यवस्त हुने अर्थमन्त्री फुर्सदिलो जस्तो भई नेप्सेमा आकस्मिक आउनुलाई बिना कारण घटिरहेको बजारमा मनोबल उकास्ने रणनीतिको रुपमा बुझेका छौं । लगानीकर्ताहरुबाट आएको दबाबलाई सम्बोधन गर्दै अर्थमन्त्रीको सरप्राइज भिजिट भएको देखिन्छ ।’  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.