मुलुकलाई एक वर्षभित्र विकासशील राष्ट्रमा स्तरोन्नती गर्न तयारी गर्नेछौं: अर्थमन्त्री पौडेल
काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन कानूनी, संस्थागत र प्रक्रियागत सुधार ल्याइने योजना बनाएका छन् । मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्रलाई गतिशिल तुल्याउन कानूनी, संस्थागत र प्रक्रियागत सुधार गर्न खाँचो रहेको बताएका हुन् ।