काठमाण्डौ । अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णुृ प्रसाद पौडेलले पूँजी बजारमा हुने इन्साइडर ट्रेडिङ तथा बेथितीविरुद्ध शुन्य सहनशिलताको नीति अबलम्बन गर्नुपर्ने बताएका छन् । ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा आज आयोजित नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘पूँजी बजारमा बेला बेला कारोबारका बेलामा उठ्ने पारदर्शिताको विषय होस् वा इन्साइडर ट्रेडिङ वा कर्नरिङको विषय होस् ,यी सबैमा धितोपत्र बोर्डले शुन्य सहनशिलताको नीति अपनाउनु पर्छ,’ उनले भने,‘कुनैपनि प्रकारका बेथिती, अनियमतिता वा अपारदर्शि क्रियाकलाप हुन पाउदैन भन्नेतरिकाले बोर्डले काम गर्नुपर्छ ।’
यस्तै उनले सबै लगानीकर्ताले भरोसा वा विश्वासको साथमा लगानी गर्न सक्नु पर्नेमा जोड दिए । ‘उहाहरुमा कहा लगानी गर्ने ? कहाँ नगर्ने ? त्यो सचेतनाको पनि आवश्यकतामा बोर्डले ध्यान दिन आवश्यक छ,’ उनले भने ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                