सोमबार, श्रावण १८,२०८३ 03:20:39
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:20:39
Bizshala
Global IME Bank Limited

विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अनुमति, चौथो पटक थपियो म्याद

विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अनुमति, चौथो पटक  थपियो म्याद
New Office

काठमाण्डौ ।  नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका पौडेलको म्याद थपसम्बन्धी मुद्दामा आज विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

पौडेललाई गत ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। यसअघि अदालतले उनलाई ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिनको म्याद थप गरेको थियो।

यसैबीच, पौडेलकी पत्नीले उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन खारेज भएको छ। सर्वोच्चले रिट खारेज गरेसँगै पौडेललाई अनुसन्धानका लागि थप समय हिरासतमा राख्ने बाटो खुलेको हो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.