बिहीबार, बैशाख ३१,२०८३ 07:17:11
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:17:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

देशको समग्र अर्थतन्त्रमा सुधारः अर्थमन्त्री पोडेल

Laxmi Sunrise Bank Limited
देशको समग्र अर्थतन्त्रमा सुधारः अर्थमन्त्री पोडेल
Shivam Cement

काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले देशको समग्र अर्थतन्त्रमा सुधार आएको बताएका छन् । बुधबार काठमाण्डौको भृकुटी मण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।  

‘अर्थतन्त्रको समग्र क्षेत्रमा सुधार भएको छ । अझै सुधारको आवश्यकता रहेको छ। सरकार निजी क्षेत्र मिलेर अगाडि बढ्न र आर्थिक सुधार गर्नतर्फ लागि परेको छ,’ अर्थमन्त्रीले भने, ‘निजी क्षेत्रबाट प्रभावकारी कार्यन्वयनमा साथ सहयोगको अपेक्षा गरेको छ ।’

Bizshala
New Office
CG Motors

यस्तै फरक प्रसङ्गमा उनले नाइमाले भविष्यमा राम्रो प्रगति गर्छ भन्ने विश्वास लिएको बताए । प्रदर्शनिको व्यवस्थापन स्तरिय भएको भन्दै उनले नयाँ नया सवारी प्रदर्शनमा राखिएको र जुन उद्देश्य प्राप्तिका लागि एक्स्पो आयोजना गरिएको छ त्यसका लागि शुभकामना समेत दिए ।  

अर्थमन्त्रीले सरकारले गुणस्तरीय सडक पूर्वाधार विकासका लागि काम गरिरहेको समेत बताए । ‘भएका राजमार्गको कामलाई तिव्रता दिन सरकार  लागेको छ । यसले गुणस्तरमा प्रभाव पार्ने  विश्वास लिएका छौं,’ उनले भने ।  

सरकार धुलो र हिलो रहित सडक विकासमा लागेको र चालू आर्थिक वर्षको बजेटमा समेत सडक पूर्वाधारको विकासका लागि बजेट विनियोजना गरिएको उनले बताए ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.