मंगलवार, श्रावण २०,२०८२ 07:17:08
  • मंगलवार, श्रावण २०,२०८२ 07:17:08
Global IME Bank Limited

अर्थ मन्त्रालयमा भागबण्डा नमिल्दा नेप्से अध्यक्षविहिन, अर्थमन्त्रीलाई सकस

Hyundai Nepal
अर्थ मन्त्रालयमा भागबण्डा नमिल्दा नेप्से अध्यक्षविहिन, अर्थमन्त्रीलाई सकस
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लामो समय बितिसक्दा पनि नेपाल सरकार अर्थ मन्त्रालयले अध्यक्ष चयन गरेर पठाउन सकेको छैन । नेप्सेमा अर्थ मन्त्रालयबाट सहसचिव अध्यक्ष रहने व्यबस्था रहेको छ । अर्थ मन्त्रालय स्थित उच्च स्रोतले दिएको जानकारी अनुसार हाल अर्थ मन्त्रालयमा केही सहसचिव काम बिहिन छन् ।  

अब सबै सहसचिवहरुलाई काम बाँडफाँड गरेर यो साता भित्रै नेप्सेमा अध्यक्ष पठाइने स्रोतले दाबी गर्यो । अर्को एक स्रोतले दिएको जानकारी अनुुसार अर्थ मन्त्रालयमा भागबण्डा नमिल्दा नै नेप्सेमा अध्यक्ष पठाउन ढिलाई भएको हो । नेप्सेमा कसलाई अध्यक्ष बनाएर पठाउने भन्ने विषयले अर्थमन्त्री सकसमा परेको स्रोतले बतायो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

यसअघिका अध्यक्ष शोभाकान्त पौडेल महालेखा नियन्त्रकको जिम्मेबारीमा सरुवा भएका छन् । जसपश्चात नेप्सेको अध्यक्ष पद रिक्त रहेको छ । नेप्सेको अध्यक्ष पद रिक्त रहदा नेप्सेको कामकारवाही प्रभावित बनेका छन् । नेप्से अध्यक्षविहिन भएसँगै यसअघि तयार भएको एसएमई प्लेटफर्म पनि अन्यौलमा नै रहेको छ ।  

पछिल्लोपटक नेप्सेको पुनर्संरचना तथा नयाँ स्टक एक्सेचेञ्जको विषयले नेप्सेको अध्यक्षको पद पनि पेचिलो बन्दै गएको छ । नेप्सेको अध्यक्ष बेला मौकामा विदेश भ्रमण पनि जान पाउने भएका कारण पनि नेप्सेको अध्यक्ष पद पेचिलो बन्दै गएको छ ।  

यसअघि धितोपत्र बोर्डका अध्यक्ष एक वर्ष भन्दा बढी र नेप्सेको सीईओ ६ महिना खाली रहेको थियो । अहिले नेप्सेको अध्यक्ष पद पनि लामो समयदेखि खाली रहदै आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.