बिहीबार, असार ११,२०८३ 07:26:16
Bizshala
  • बिहीबार, असार ११,२०८३ 07:26:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

देशको अर्थतन्त्रमा कुनै समस्या छैनः अर्थमन्त्री पौडेल

Laxmi Sunrise Bank Limited
देशको अर्थतन्त्रमा कुनै समस्या छैनः अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्रमा कुनेपनि समस्या नभएको बताएका छन् । अर्थमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर  ‘अर्थतन्त्र समस्याग्रस्त भएको’ भन्दै गरेको प्रश्नको जवाफ दिदै यस्तो. बताएका हुन् ।  

पौडेलले सांसद गौतमलाई संसद सचिवालय मार्फत पत्र पठाउदै मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको स्पष्ट पारेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

उनले ‘मुलुकको अर्थतन्त्र समस्याग्रस्त नभएको र अधिकांश आर्थिक परिसूचकहरु सकारात्मक रहेकाले उक्त कुरा पुष्टि गरेको बताएका छन् । ‘अर्थतन्त्रलाई चलायमान र गतिशील बनाइ आर्थिक वृद्धि तथा आर्थिक स्थायित्व कायम गर्ने विषयमा सरकार प्रतिबद्ध छ’ अर्थमन्त्री पौडेलले जवाफ फर्काएका छन् ।  

यस्तै कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा भएको र पोखरा फाइनान्स समस्या उन्मुख रहेको उदाहरण दिदै बैंक तथा वित्तीय संस्थाको वास्तविक अवस्था बारे प्रश्न गरेकी थिइन् । यसको उत्तर दिदै अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय सँस्थाहरुको प्रभावकारी नियमन नेपाल राष्ट्र बैंकबाट भइरहेको बताउदै कुनै बैंक तथा वित्तीय संस्था समस्याग्रस्त देखिएमा नेपाल राष्ट्र बैंकबाट तत्काल सुधार परीक्षण गरी आवश्यक नियमन गर्ने कार्य नियमित रुपमा हुँदै आएको बताएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै उनले हालै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा उल्लेखित सुझावहरू क्रमिक रुपमा कार्यान्वयन गर्दै लगिने बताएका छन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.