काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमालाई पुनर्संरचना गरी व्यवस्थित बनाइने बताएका छन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्थाबमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले स्वास्थ्य सेवाको गुणस्तर बृद्धि गर्ने बताएका हुन् ।
साथै, उनले आगामी आवमा निधोरात्मक स्वास्थ्य विधिको प्रवर्दन गर्ने र निर्माण सम्पन्न भएका आधारभुत अस्पतालहरु स्थानीय तहको व्यवस्थापनमा सञ्चालन गरिने बताए ।
‘आगामी आवमा आधारभुत स्वास्थ्य सेवा, महामारी नियन्त्रण र नसर्ने रोग नियन्त्रणका कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र सुदृढ बनाइनेछ’ उनले भने, ‘संघीय अस्पतालको विशिष्टिकृत सेवा विस्तार गरी स्वास्थ्य सेवाको गुणस्तर बृद्धि गरिनेछ ।’
साथै, उनले स्वास्थ्य बीमालाई पुनर्संरचना गरी व्यवस्थित गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सञ्चालनमा एकरुपता ल्याइने समेत बताए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                