काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा राखिएको ‘टेक एण्ड पे’ हटाउने संकेत गरेका छन् । सरकारले बजेटमार्फत टेक एण्ड पेको व्यवस्था गरेपछि हाइड्रो व्यवसायीहरु आन्दोलित छन् ।
यसअघि टेक अर पे को पुरानै व्यवस्था कायम गर्न हाइड्रो व्यवसायीहरुको माग छ भने सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई पुरानै व्यवस्था कायम गर्न भनेका छन् ।
अर्थमन्त्री पौडेलले नेपाली कांग्रेससँग भएको सहमतिलाई आंशिक रुपमा सम्बोधन गर्दै आज संसदमा बजेटमाथि सांसदहरुका प्रश्नमा जवाफ दिदैं टेक एण्ड पे हटाउने संकेत गरेका हुन् । टेक एण्ड पे नहटाए गठबन्धनमै संकट आउने धम्कीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्था हटाउने निधो गरेका थिए ।
सत्तारुढ नेपाली कांगे्रसका सांसदहरुले टेक एण्ड पे हाइड्रोपावर सेक्टरमा निजी क्षेत्रको लगानी निरुत्साहित गर्ने खालको भएकाले हटाउन माग गर्दै आएका थिए ।