सोमबार, असार २,२०८२ 02:12:06
  • सोमबार, असार २,२०८२ 02:12:06
Global IME Bank Limited

सेयर बजारमा इन्साइडर ट्रेडिङ नहोस् भन्नेतर्फ सरकारको ध्यानः अर्थमन्त्री पौडेल

Hyundai Nepal
सेयर बजारमा इन्साइडर ट्रेडिङ नहोस् भन्नेतर्फ सरकारको ध्यानः अर्थमन्त्री पौडेल
Nabil Bank Limited

काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पूर्वअर्थमन्त्रीहरुले देशको अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।  

बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री लगायत पूर्वअर्थमन्त्रीहरुले देशको वर्तमान अर्थतन्त्र समस्यामा रहेको बताउँदै अर्थतन्त्र चलायमान बनाउन नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताए ।  

साथै, अर्थतन्त्रका कतिपय सूचकहरुमा सुधारको संकेत देखिएकाले सरकारले सुधारको प्रयासलाई निरन्तरता दिनुपर्ने पूर्वअर्थमन्त्रीहरुको भनाई छ । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले लगानीकर्ताहरुमा आफ्नो लगानी सुरक्षित छ भन्ने आत्मविश्वास नरहेको बताए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘बैकिङ क्षेत्रमा पर्याप्त तरलता छ, ब्याजदर घट्दो अवस्थामा छ तरपनि कर्जाको माग बढ्न सकेको छैन’ उनले भने, ‘लगानीकर्ताहरुमा आफ्नो लगानी सुरक्षित छ भन्ने आत्मविश्वास बढ्न सकेको छैन, यसकारण कर्जाको माग पनि बढ्न सकेको छैन ।’  

साथै, पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले अर्थतन्त्र चलायमान बनाई निजी क्षेत्रको आत्मविश्वास बढाउनुपर्नेमा जोड दिए । ‘सरकारले तत्काल नतिजा आउने क्षेत्रमा खर्च बढाएर अर्थतन्त्र चलायमान बनाउनुपर्छ’ उनले भने, ‘निजी क्षेत्रले लगानी विस्तार गर्न नसकिरहेको अवस्था छ यसकारण सरकारले अर्थतन्त्र चलायमान बनाउन तत्काल रिजल्ट आउने कुरामा खर्च बढाउनुपर्छ ।’

उक्त अवसरमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रमा देखिएको समस्यालाई तत्काल र छोटो समयमा नै समाधान गर्न नसकिने बताए । ‘अर्थतन्त्रमा समस्या छ, यो कुरालाई कसैले टार्न सक्दैन र लामो समयदेखिको समस्यालाई तत्काल समाधान गर्न कठिन छ’ उनले भने, ‘सरकारले अर्थतन्त्रको समस्या समाधान गर्न गम्भीर प्रयासहरु गरेका छन् तर उक्त प्रयासप्रति न तपाईहरु सन्तुष्ट हुनुहुन्छ न त म नै सन्तुष्ट छु ।’

मन्त्री पौडेलले बैकि क्षेत्रमा तरलता फालाफाल र ब्याजदर घट्दासमेत उत्पादन क्षेत्रमा कर्जा लगानी विस्तार हुन नसकेको विषयमा राष्ट्र बैंकसँग छलफलका क्रममा रहेको बताए ।  

मन्त्री पौडेलले देशको समग्र अर्थतन्त्र समस्यामा रहेको स्वीकार गरेपनि बाह्य क्षेत्र, ब्याजदर, सेयरबजार लगायतका सूचकमा भने सुधार आएको बताए । साथै सेयरबजारमा इन्साइडर ट्रेडिङ र कर्नरिङ हुन नदिन र लगानीकर्ता यसबाट पीडित नहोस् भन्नेतर्फ सरकारको ध्यान रहेको बताए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.