काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेप्सेमा आज ३ बजे आकस्मिक भ्रमण गरेका छन् ।
नेप्से स्रोतले दिएको जानकारीअनुसार बजार घटेर सरकारप्रति लगानीकर्ताको धेरै आलोचना बढ्न थालेपछि लगानीकर्ताको मनोबल उकास्नका लागि मन्त्री पौडेलले नेप्सेको भ्रमण गरेका हुन् ।
यसका साथै, नेप्सेको प्राङ्गणमा बन्दै गरेको बुलको विषयमा पनि जानकारी लिन समेत उनले भ्रमण गरेको स्रोतले बतायो ।