काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन्।
फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उहाँ डिस्चार्ज भएका थिए । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।